मेलम्चीको जङ्गलमा स्थानीयको रुवाबासी, चनौटेको झोलुङ्गे पुल पनि बग्याे



न्युज अफ नेपाल, काठमाडौं ।

सिन्धुपाल्चोकस्थित मेलम्ची र इन्द्रावती नदीमा आएको बाढी बजार क्षेत्रमा पसेपछि स्थानीयहरु जङ्गलमा भागेका छन् । सयौँ स्थानीयको रुवाबासी चलेको छ । मंगलबार राती आएको बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । भने हताहती भएको आशंका गरिएको छ । यस्तै मेलम्चीस्थित चनौटेमा रहेको झोलुङ्गे पुल पनि बाढीले बगाएको छ ।

पहिरोका कारण स्थानीयहरु कता कता भागे भनेर यकिन गर्न पनि गाह्राे भइरहेको एक स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस्