काठमाडौंमा थप ३९६ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा थप ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा १४५ र भक्तपुरमा ६६ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौं उपत्यकामा कोरोनाका ६०७ सङ्क्रमित थपिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २७४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका ७४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६८१ र ५ हजार ८४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ६४ जना गरी कुल २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४१ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ४ हजार १८७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्