बन्दुकधारीद्वारा १० को हत्या



A view of the damage at the scene of a bomb blast at the market in Kuje in Abuja, Nigeria, October 3, 2015. At least 15 people were killed and 41 injured in two suicide bomb attacks late on Friday on the outskirts of Nigeria’s capital Abuja, officials said. In Friday’s attacks, one of the bombs went off near a police station in the satellite town of Kuje, not far from the capital’s airport. REUTERS/Afolabi Sotunde

अबुजा।

नाइजेरियाको मध्य प्रान्त प्लाटेउमा बन्दुकधारीले हमला गरेर एउटा स्थानीय बारमा बसिरहेका १० जना व्यक्तिको हत्या गरेको जनाइएको छ ।उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले सोमबार सो घटनाको पुष्टि गरेका थिए । उनले बन्दुकधारी व्यक्ति भ्यानमा आएर बारमा बसेका मानिसमाथि गोली चलाएको बताए ।

गोली लागेर घटनास्थलमै ती व्यक्तिको ज्यान गएको बताइएको छ । आइतबार साँझ सो दुर्घटना भएको ती प्रहरी प्रमुखले जानकारी दिएका हुन् । उक्त घटनापछि उक्त भ्यानमा आएका व्यक्तिको खोजी कार्य शुरु भएको प्रहरीले जनाएको छ । उनीहरुलाई भेट्न भने नसकेको पनि प्रहरीले जानकारी दिएको छ ।

आइतबार साँझ सो दुर्घटना भएपछि प्रहरी र सेनाले घटनास्थललाई घेरा हालेर बन्दुकधारीको खोजी थालेको र सोमबारसम्म उनीहरुलाई पक्राउ गर्न नसकेको बताइएको छ ।

यो क्षेत्रमा विगतमा पनि हिंसा हुने गरेको थियो । बन्दुकधारीले गाउँ गाउँमा पुगेर सर्वसाधारण तथा किसानको हत्या गर्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्