कर्णालीमा फलोर क्रस गर्ने सांसद निर्णायक



दिपेन्द्र शर्मा, सुर्खेत ।

फलोर क्रस गरेर पद गुमाएका माधव नेपाल पक्षका प्रदेश सभाका सदस्यहरु नै निर्णायक हुने भएका छन् । कर्णाली प्रदेश सरकारको निति तथा कार्यक्रम आज पास गरेर भोली वजेट ल्याउनुपर्नेछ । अव फेरी वल माधवपक्षिय सांसदको हातमा आएको छ । उनीहरु रहेको दल एमालेले सरकारवाट वाहीर आएर निति तथा कार्यक्रमको पिपक्षमा मतदान गर्न निर्देशन दिएको छ । भने उनिहरु आफै सरकारका मन्त्रीको रुपमा काम गरिरहेका छन् । सर्वोच्च अदालतको आदेशपछि कर्णाली प्रदेशसभा ३९ सदस्यीय बनेको छ ।

एमालेका फलोर क्रस गर्ने ४ जना तथा माओवादी केन्द्र त्यागेर एमालेमा गएका दैलेखका सांसद धर्मराज रेग्मीलाई कारवाही गर्दा ३५ सदस्य कायम भएको दुइ महिना नवित्दै उकालो लागेर ३९ सदस्यमा कायम भएको छ । अदालतको आदेश पछि हाल कर्णाली प्रदेश सभामा एमालेको एकल वहुमत भएको छ ।सभामुख राजबहादुर शाही सहित एमालेका सांसद २० जना, माओवादी केन्द्रका १२, काँग्रेसका ६ र राप्रपाका एकजना सांसद छन ।

अव हुने राजनितिक घटनाक्रम कसरी विकास हुन्छ त्यस पछि घटनाक्रम फरक ढंगले विकास हुनसक्छ । ३९ सदस्य प्रदेश सभामा वहुमत लिन २० जना सांसद भए पुग्छ । माओवादी १२ र कांग्रेशका ६ जना गरेर १८ जनाको वहुमतको कर्णाली प्रदेशका मुख्यमन्त्रिी महेन्द्रवहादुर शाहीको सरकार वनेको छ ।

सांसद पुर्नवहालीको पत्र प्रदेश सभामा प्रस्तुत

कर्णाली प्रदेश सभाको आठौ अधिवेशनको आठौँ वैठक शुरु हुन वित्तिकै फलोर क्रस गरेपछि कारबाहीमा परेका एमालेका सांसदहरुलाई सर्वोच्च अदालतले पुनर्वहाली गरिदिएको पत्र सुनाइएको छ । कर्णाली प्रदेशका सभामुख राजवहादुर शाहीले फलोर क्रस गरेर महेन्द्रवहादुर शाहीको सरकार जोगाएर कारवाही परेका प्रदेशसभा सदस्यहरु सर्वोच्च अदालतको आदेश वमोजिम एमाले संसदीय दलको सदस्यका रुपमा फर्किएको पत्र प्रदेशसभामा पढेर सुनाउनु भयो ।

फलोर क्रस गरेर महेन्द्रवहादुर शाहीको सरकार जोगाउदा कारवाहीमा परेका एमाले प्रदेशसभा सदस्यहरु एमालेका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा सर्वोच्च अदालतको आदेश अनुसार नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको सदस्यको हैसियतमा कायम रहने सभामुख शाहीले जानकारी दिनुभयो ।

ज्वाला सल्यान प्रदेशसभा(ख) बुढा डोल्पा प्रदेशसभा (क) शाही कालिकोट प्रदेशसभा ( क) र थापा दैलेख क्षेत्र नं १ (ख) बाट निर्वाचित सांसद हुन । कारवाहीमा परेका ज्वाला एमाले माधव नेपाल पक्षको प्रमुख छन भने अरु सवै मन्त्री छन । कर्णालीमा फलोर क्रस गरेपछि कारबाहीमा परेका एमालेका सांसदहरुलाई सर्वोच्च अदालतले पुनर्वहाली गरिदिए पछि कर्णालीमा नयाँ वहस शूरु भएको छ ।

छलफल सकिएपछि फिर्ता हुनस् : नेता कंडेल

नेकपा एमालेका कर्णाली प्रदेशसभा संसदियदलका नेता यामलाल कंडेल कर्णाली सरकारमा सहभागी मन्त्रीहरुलाई सरकारवाट हटन आग्रह गर्नुभएको छ । सभामुखले पत्र पढेर सुनाएपछि वोलेका कंडेलले फलोर क्रस गरि मन्त्री भएका सांसदहरु अदालतको फैसला पछि महेन्द्वहादुर शाहीको सरकारवाट तत्काल वाहीर आउनुपर्ने वताउनुभयो ।

आफना मान्छे थन्क्याएर अरुका मान्छे चोर्दै मन्त्री वनाउदै गरेमा आक्रोस पोख्दै नेता कंडेलले छलफल चल्दा सम्म धैर्य गर्छाँै, समय दिन्छौँ, नीति तथा कार्यक्रमको छलफल सकिएपछि अविलम्ब फिर्ता हुनुस उहाँले भन्नुभयो । छलफल सकिएपछि फिर्ता नभए संसदको वैठक कसरी अगाडी वढ्छ भन्दै सभामुख र मुख्यमन्त्री लाई प्रश्न गर्नुभयो । अदालतको फैसला अनुसार ४ जना नै एमालेको प्रदेशसभा सदस्य भएकोले हुनाले अव दलको ह्वीप मान्नुपर्ने कंडेलको भनाई छ । एमालेका सांसद एमालेमै फिर्ता गरे मात्रै छलफलमा सहयोग गरिने नत्र वैठक चल्न नदिने संकेत प्रष्ट पार्नुभएको छ ।

आफनो सम्पत्ति फिर्ता लिनुस् : नेता शाही

नेपाली कांग्रेस कर्णाली प्रदेश संसदिय दलका नेता जीवनवहादुर शाहीले प्रमुख प्रतिपक्ष एमाले नेता यामलाल कँडेललाई जवाफ फर्काउँदै आफनो सम्पत्ति लिनुस भन्नुभयो । तपाइका मान्छेलाई सरकार हात खुटटा वाँधेर राखेको छैन, आफनो माल सम्पती लिनुस शुभकामना छ उहाँले भन्नुभयो ।

आफैले अपराधी भनेर बैठक अवरुद्ध गरेको स्मरण गराउदै आफैले अपराधी करार गरेर आफै आफनो लाइनमा आएर वस भन्नु नयाँ कुरा भएको शाहीले ब्यङ्गय गर्नुभयो । उहाँले भन्नुभयो मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको सरकार जोगाएका सांसदलाई हामीले सम्मान गर्नुनै परया,े सहयोग गर्नेलाई तिरस्कार गर्नु भएन नी शाहीले भन्नुभयो । नेता शाहीले प्रमुख प्रतिपक्षवाट मुख्यमन्त्रि भएको हेर्न पाँउ भन्दै ब्याङ्गय गर्नुभयो । दिपेन्द्र शर्मा

प्रतिक्रिया दिनुहोस्