राखेप सदस्यसचिव सिलवालमाथि मनाङेको गम्भीर आरोप : ‘रक्सी र केटी भनेपछि पागल’



न्युज अफ नेपाल, काठमाडौँ ।

गण्डकी प्रदेशका मन्त्री दिपक मनाङेले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालमाथि गम्भीर आरोप लगाएका छन् । मनाङेले एक अन्तवार्ताका क्रममा मोजमस्ती गर्न पोखरा आउने सिलवाललाई त्यसको व्यवस्थापन पोखराका खेलकुद पदाधिकारीले गर्ने गरेको आरोप लगाएका हुन् ।

‘रमेश सिलवाल रक्सी र केटी भनेपछि पागल हुने,’ उनले भने ।

त्यस्तै, उनले गण्डकी प्रदेशको प्रतिनिधित्व गरेर राखेपको बोर्ड सदस्य रहेका राजेश गुरुङ्ग एक नम्बरको ठग रहेको समेत आरोप लगाएका छन् । ‘ राजेश भुँडे एक नम्बरको ठग छ ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्