एसइई नतिजा साउन १५ भित्र सार्वजनिक गरिने



न्युज अफ नेपाल ,काठमाडौं ।

यो वर्ष कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आगामी साउन १५ भित्र आउने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण काम साउन १५ भित्र पूरा गर्ने जानकारी दिएको हो। गत वर्ष जस्तै यस वर्ष पनि बोर्डले एसइईका विद्यार्थीको नतिजा आन्तरिक मूल्यांकनको आधारमा तयार गर्दैछ ।

विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारी बोर्डले गरेको हो । बोर्डका अध्यक्ष प्रा चन्द्रमणि पौडेलले एसइईका नतिजा साउन १५ सम्म आइसक्ने र भदौबाट विद्यार्थीको कक्षा ११ को पठनपाठन शुरु हुने जानकारी दिए । साउन १५ सम्ममा नजिता सार्वजनिक गर्न बोर्डले एसईईको मूल्याङकन असार २० गतेभित्र पठाउन विद्यालयहरुलाई निर्देशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्