कर्णालीमा एमबीबीएस कक्षा सञ्चालन



सुर्खेत, (नेस) । 

मुलुककै पछि परेको क्षेत्रका रूपमा रहेको कर्णालीमा अब चिकित्सकउत्पादन गर्ने बाटो खुलेको छ । चिकित्सा शिक्षा आयोगले जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबीबीएस तहको कार्यक्रम सञ्चालनको अनुमति दिएको छ । लामो समयदेखि कर्णालीमा एमबीबीएस कक्षा सञ्चालन गर्नुपर्ने मागगर्दै धर्ना, जुलुससम्मका काम भएकाथिए । यस वर्षदेखि लागू हुनेगरी आयोगले २५ सिटमा भर्ना गर्न अनुमति दिएको छ ।

शनिबार सम्पन्न आयोगको बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठालाई एमबीबीएस कक्षा सञ्चालन गर्ने अनुमति दिएपछि अहिले कर्णालीबासीमा खुसी छाएको छ । आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाले प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुरू गर्ने निर्णय भएको जानकारी दिँदै चालू वर्षको शैक्षिकसत्र भित्र नै कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले अब कर्णालीका स्थानीयबासिन्दाले जुम्लामा नै एमबीबीएसको अध्ययन गर्ने वातावरण बनेको बताउनुभयो ।

प्रतिष्ठानमा एमबीबीएस कक्षा सञ्चालनका लागि पाठ्यक्रम, भौतिक पूर्वाधार, जुम्ला अस्पतालको स्तरोन्नति, दक्ष जनशक्तिको व्यवस्थापन समेत भइसकेको छ । एमबीबीएस कार्यक्रम शुरू हुने भएपछि ‘कर्णालीमा आऊँ, डाक्टर बनेर जाऊँ’भन्ने कर्णाली बासीको सपना अब पूरा हुने निश्चित भएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्