काठमाडौंमा थप ४८३ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा थप ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ११२ र भक्तपुरमा ५८ जना सङ्क्रमित थपिएका छन् । यससँगै आज काठमाडौं उपत्यकामा कूल ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर पछिल्लो २४ घण्टामा थप ४६ संक्रमितको मृत्यु भएको छ भने २४०७ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्