मिलनले रामेछाप र दोलखामा गरे खाद्यान्यदेखि एन्टिजेनसम्म सहयोग



निर्माता निर्देशक मिलन चाम्सले रामेछाप र दोलखाका विभिन्न गाउँका करिब एक सय घर परिवारलाई दाल चामल, तेल चिनीजस्ता दैनिक उपभोग्य खाद्य सामग्री सहयोग गरेका छन् ।

मिलनले आफूले निर्माण गर्दै गरेको फिल्म गोर्खा वारिएरमार्फत गरेको सहयोगमा ओएसआर डिजिटल फाउन्डेसनको कमेडी च्याम्पियन टिम तथा समाजसेवी सुमी राई लिम्बूले समेत सहकार्य गरेका छन् ।हामीले दोलखाको विकट स्थानमा रहेको दलित बस्ती, माझी बस्ती तथा आसपासका विकट गाउँका आर्थिक अवस्था कमजोर भएका र त्यसमाथि कोरोना महामारीका कारण आम्दानीको कुनै पनि विकल्प नभएका परिवारको पहिचान गरी एक आपसमा रकम उठाएर सर सामानको बन्दोबस्त गरेर सहयोग गरेका हौँ। त्यसको साथै बाटोमा भेटिएका आश्यकता परेका व्यक्तिलाई पनि सक्दो सहयोग गर्याैे । रामेछापको विकट गाउँ र बाटोमा भेटिएका व्यक्तिलाई खाद्यान्नका साथै रकम पनि सहयोग गर्यौँ मिलनले नेपाल समाचारपत्रसँग कुरा गर्दै जानकारी गराए ती ठाउँका मानिसहरुको अवस्था निकै दयनीय रहेछ। खानसमेत गाह्र्रो परिरहेको मानिसहरुलाई कोरोनाको मतलब नै थिएन। मास्क समेत नलगाई हिँडिरहेका व्यक्तिहरुलाई यस्तो बेलामा कोरोना संक्रमणप्रति पनि सचेत बनाउनुपर्छ भनेर यात्राका क्रममा मास्क वितरण तथा रकम सहयोग गर्यौँ।

केही दिनअघि स्वास्थ सामग्रीसहित ओखलढुंगा पुगेका मिलनले जिल्ला अस्पताललाई एन्टिजेन परीक्षण किटका साथै जिल्ला प्रशासन कार्यालय ओखलढुंगालाई मास्क स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए। त्यहाँ पीसीआर प्रविधि नभएका कारण पीसीआर गर्न कि विराटनगर कि धरान जानुपर्ने रहेछ। रिपोर्ट आउनै हप्तौं लाग्ने रहेछ। त्यहाँको सीडीओ साबसँग कुराकानी गरेर एन्टिजेन परीक्षण किटलगायत स्वास्थ्य सामग्री लिएर मलगायत ओएसआर डिजिटल फाउन्डेसनका साथीहरु ओखलढुंगा पुगेका हौँ। त्यहाँको अस्पताल तथा सीडीयो कार्यालयमा स्वास्थ्य सामग्री हस्तान्तरण गरियो। ती सामग्री सीडीओ साब आफै संलग्न भएर विभिन्न वडाहरुमा बाँड्नुभएको थियोु मिलनले जानकारी गराए। स्वास्थ्य सामग्री पुड्डयाएर काठमाडौं फर्कंदै गर्दा बाटोमा हातमुख जोर्न समस्या परेका कयौं मानिस भेटिएको मिलनले बताए। ञहामी स्वास्थ्य सामग्री मात्र लिएर गएका थियौँ। तर, बाटोमा भेटिएका व्यक्तिहरुको हालत यति दयनीय थियो कि जुन सम्झिँदा पनि नराम्रो लाग्छ। उनीहरुलाई दिनका लागि हामीसँग खाद्यान्न थिएन। त्यसकारण करिब २५ व्यक्तिलाई केही रकम सहयोग गर्यौँ मिलनले सुनाए। ओखलढुंगा जिल्ला अस्पतालमा जाँदा आवश्यक सुईको अभावका कारण छटपटाइरहेका बिरामीको अवस्था देखेका मिलनले काठमाडाै फर्किने बेलासम्म त्यही सम्झिरहे। ञती बिरामीको फोक्सो ड्यामेज हुन नदिनका लागि एक प्रकारको इन्जेक्सन लगाउनुपर्ने रहेछ। ओखलढुंगामा अभाव रहेको उक्त इन्जेक्सन काठमाडौं आउनासाथ खोजियो। तर, काठमाडाैमा पनि उक्त इन्जेक्सनको सर्टेज रहेछ। रातभरि लगाएर खोजेर भोलिपल्टै ओखलढुंगा पठाएँ। उहा∫हरुले पैसा दिन्छाै भन्नुभएको थियो। तर, मैले सहयोगको भावले त्यो काम गरेको थिएँ, त्यसैले पैसा लिइन उनी भन्छन्।

मिलनले सहयोग गरेका जिल्ला तथा अन्य ठाउँबाट पनि सहयोगका लागि फोन हरु आउने गरेको र आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए। ञअन्य ठाउँबाट हामीलाई पनि गाह्रो छ। हाम्रोतिर पनि सहयोग गर्नुपर्यो भनेर फोन आइरहेको छ। हामी समस्या परेका वास्तविक व्यक्तिको पहिचान गरी आगामी दिनमा पनि निरन्तर सहयोगको हात अघि बढाउने छौँ। हामीले अरुबाट सहयोग उठाएर बाँडेका होइनौं। व्यक्तिगत तर्फबाट म, कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीलगायत साथीहरुबीच आज यतिलाई सहयोग गर्नुपर्ने छ यति पैसा आवश्यक छ भन्ने सल्लाहअनुसार सबै जनाले आ–आप्mनो तर्फबाट पैसा उठाएर सामान किनेर सहयोग गरिरहेका छौं मिलनले भने– ‘अहिलेको विषम परिस्थितिमा रोग कसैलाई नलागोस् र भोकले पनि कसैलाई गाह्रो नपारोस्। अहिलेको आवश्यकता भनेको एक–अर्काप्रति सद्भाव र माया राख्ने र सके जति सहयोग गर्ने समय हो, जति सकिन्छ बाँडीचुडी खाआ, यो कठिन समयमा हामी सबै बाँच्नुपर्छ मिलनको भनाइ छ ।’

प्रतिक्रिया दिनुहोस्