पाठ्य पुस्तकमा अझै पनि पुरानै नक्सा



न्युज अफ नेपाल ,काठमाडौं ।

रिडमोर प्रकाशनले कक्षा ९ को सामाजिक अध्ययन विषयकाे पुस्तकमा नेपालको पुरानै नक्सा प्रयोग गरेको पाइएको छ । जनक शिक्षा सामाग्री केन्द्रले सबै पाठ्यपुस्तकहरुमा लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नयाँअद्यावधिक नक्सा प्रयोग गर्न निर्देशन दिएपनि रिडमोरले  भने पुरानै नक्सासहित पुस्तक प्रकाशन गरेको पाइएको छ ।

सरकारले गत वर्ष २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक गरेकाे थियाे  । तत्कालीन  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले राजनीतिक र प्रशासनिकरुपमा प्रयाेग हुने गरी  उक्त नक्सा सार्वजनिक गरेकी गरेकी थिइन् ।

नक्सा सार्वजनिक गरेसँगै आगामी दिनमा पाठयक्रमका साथै सबै क्षेत्रमा उक्त नक्सा नै प्रयोगमा ल्याउन मन्त्री अर्यालले जानकारी दिएकी थिइन् ।  जनक शिक्षा सामग्री केन्द्रले भने आगामी सम्पूर्ण पाठ्य पुस्तकमा नयाँ नक्सा नै उल्लेख हुनुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्