बोर्ड स्वायत्त नहुन्जेल काम गर्न गाह्रो छ: दयाराम दाहाल



स्पट ब्वाईदेखि फिल्म निर्देशक तथा गीतकार र लेखकका रुपमा समेत लोभलाग्दो लोकप्रियता कमाउन सफल दयाराम दाहाल यतिखेर नेपाली फिल्म क्षेत्रको सबैभन्दा ठूलो संस्था चलचित्र विकास बोर्डको अध्यक्ष छन्। उनले बोर्डको नेतृत्व सम्हालेदेखि देशमा कोभिड–१९ को आतंक मच्चिएको छ । जसका कारण सिंगो फिल्म क्षेत्र नराम्ररी प्रभावित छ। यस्तो अवस्थामा बोर्डले के कस्तो कार्य गरिरहेको छ, दाहाल स्वयंम के गर्दैछन्। नेपाल समाचारपत्रका लागि यी तमाम विषयमा समाचार सम्पादक विदुर गिरीले गरेको कुराकानी यहाँ प्रस्तुत छः

लकडाउनका कारण खासै काम गर्नु परेको छैन होला, अहिले फुर्सदमै हुनुहुन्छ?

बाहिरबाट हेर्दा खासै काम गर्नुनपरेको जस्तो देखिए पनि हामी बोर्डमा व्यस्त नै छौँ। भौत्तिक रुपमा उपस्थिति भएर काम गर्ने वातावरण बन्न सकेको छैन। तर अनलाइनबाट र नितिगत कामहरु प्रसस्तै गरेका छौं र गरिरहेका छौँ।

तपाईंले पोहोर बोर्ड अध्यक्ष सम्हालेपछि लकडाउन भयो, अहिले पनि देश निषेधाज्ञामा छ। यस कारण बोर्डबाट केही काम गर्न सकिएन भन्ने छुट तपाईंलाई हुन्छ या हुन्न?

यो छुट मलाई मात्र हैन, राज्यका कसैलाई पनि छैन। मेरो बारेमा भन्नु पर्दा निषेधाज्ञा र लकडाउनले मलाई त्यस्तो प्रभाव पारेको छैन। किनभने नीतिगतरुपमा फिल्म क्षेत्रमा आगामी दिनमा सकारात्मक प्रभाव पार्ने र यो क्षेत्रको बाटोलाई पूर्ण गतिमा अगाडि बढाउने धेरै काम हामीले गरेका छौँ। त्यसकारण मैले हिनतावोध गर्नु पर्ने वा पछुताउनुपर्ने अवस्था छैन। हामीले यो आर्थिक वर्षमा शुरु गरेको कामको सकारात्मक प्रभाव आगामी दिनमा विस्तारै देखिँदै

यो समयमा बोर्डमा के काम भइरहेको छ र?

हामी केहि राम्रा र सृजनात्मक कामहरु गरिरहेका छौं। स्टोरी बैंक, सातै प्रदेशमा छायाङ्कन स्थल पहिचान, श्र्रमजीवी चलचित्रकर्मी सुरक्षा योजाना, अत्याधुनिक स्टुडियो निर्माणको काम, आन्तर्राष्टझीय महोत्सवमा छनोट हुने फिल्मलाई आर्थीक नैतिक र भौत्तिक सहयोग गर्ने, अवैतनिक चलचित्र दुत नियुक्ति गर्न निती निर्माणलगायत फिल्म क्षेत्रलाई प्रभाव पार्ने धेरै काम गरिरहेका छौं। कतिपय परिणाम त अस्ति बजेट भाषणमै आइसकेको छ।

पोहोर साल लकडाउनपछि फिल्म हल खुल्दासमेत उत्साह छाउन सकेन, फिल्म क्षेत्र चलायमान हुन सकेन, किन?

पक्कै पनि हामीले अपेक्षा गरेअनुसार एकै पटक पूर्ण चलायमान हुन सकेन। किनभने कोरोनाको कहर र यस्को त्रासबाट सिंगो विश्व तथा नेपाली समाज पनि मुक्त भएको थिएन। मान्छेमा मनोरञ्जनभन्दा पनि आफ्नो र परिवारको ज्यान महङ्कवपूर्ण भएको अवस्था थियो। राष्टझीय तथा अन्तराष्टझीय रुपमा पनि फिल्म प्रदर्शनको उत्साहजनक स्थिति देखिएन। यो समस्या कोही व्यक्ति विशेषको रहर वा राजनैतीक कारणले आएको होइन। प्राकृतिक रुपमा आएको विपतीलाई हामीले कुनै संस्था वा व्यवसायको नाफा घाटासँग मात्र जोड घटाउ गरेर हुँदैन, सबैभन्दा पहिला हामी सबै सुरक्षित रहनुप-यो। यो महामारीको असर कम भएपछि हाम्रो क्षेत्र विस्तारै पूर्ण चलायमान हुनेछ।

फिल्म क्षेत्रलाई चलायमान बनाउन बोर्डले के कस्तो कार्य ग-यो?

सबैभन्दा पहिला त सरोकारवाला सबैसँग धैरै चरणमा छलफल ग-यौँ। उहाँहरुको विचार र निष्कषर्का आधारमा रिलीजमा आउने फिल्मलाई बोर्ड मार्फत आर्थिक सहयोग गर्ने निर्णय ग-यौं। त्यसैगरि छायांकनमा जाने फिल्मका लागि प्रोजेक्ट विमा बोर्डले गरिदिने कार्य अगाडि बढायौँ। सिनेमा भवनमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न आवश्यक सामाग्रीको लागि हल हरुलाई आर्थिक अनुदान दिने निर्णय ग-यौं, सिनेमा घर तपाईको घर भन्दा पनि सुरक्षीत छ भनेर विश्वास दिलाउन जनचेतना मूलक श्रव्यदृश्य निर्माण गरेर नेपाल टेलिभिजनलगायत सिनेमा घर र डिजिटल माध्यमबाट प्रचार प्रसार शुरु गरेका थियौँ। तर, कोरोनाको दोस्रो लहरले गर्दा हाल यी प्रचारात्मक कार्यहरु स्थगित छन्। साथै सातै प्रदेशमा फिल्मकर्मीलाई पु-याएर जनचेतनाका कार्यक्रमका साथै हलमा दर्शकलाई आकर्षित गर्ने कार्य पनि शुरु गरेका थियौँ। कोरोनाको दोस्रो लहरले रोकिएको छ।

कोरोना प्रभावपछिको फिल्म क्षेत्रको भविष्य के देख्नुभएको छ?

सबैले सकारात्मक सोचौं यसको भविष्य उज्वल छ। केही समय कालो बादल मडारिए पनि समग्रमा उत्साहित भएर अन्य नयाँ सोचका साथ समिक्षा गरेर अघि वढ्ने मौका हामीमाझ जीवित छ। हामीले यही समयको सदुपयोग गरेर हाम्रा फिल्म निर्माण र प्रदर्शसनका कार्यको आत्मसमीक्षा गरौं। आप्mना सबल र दुर्बल पक्ष केलाई पूर्ण तागतका साथ अगाडि बढ्ने छौं भन्ने मलाई लाग्दछ।

मध्यम वर्गका फिल्मका कलाकार तथा प्राविधिक यो समयमा रोगले भन्दा पनि भोकले मरिने भयो भन्ने भयमा छन्। उनीहरूका लागि बोर्डले केही कार्यक्रम ल्याउँदैछ कि?

न्यून पारिश्रमिक प्राप्त गर्ने फिल्मकर्मीलाई दोस्रो लहरले झनै आक्रान्त पारेकाले अब कसरी सहयोग जुटाउन सकिन्छ भनेर बोर्डले एउटा समिति बनाएर तीव्र गतिका साथ काम अघि बढाएको छ। हामी जीवनयापनका लागि राहत उपलब्ध गराउन आवश्यक पहल गरिरहेका छौं, तर हामीले सधैं राहतको मात्र भर परेर पनि नहुने अवस्था छ त्यहि भएर श्रमजीवी फिल्मकर्मी सामाजिक सुरक्षा योजना तत्काल लागू गर्न सामाजिक सुरक्षा कोषमा मोडालिटी सहितको प्रतिवेदन बुझाएका छौँ।

बोर्ड गठन भएको यतिका वर्ष बितिसक्दा पनि यसबाट खासै उपलब्धि भएको देखिएको छैन। यस अवस्थामा बोर्ड नभए पनि केही फरक पर्छ?

एउटा समस्या के रहेछ भने, बोर्डले आर्थिक सहयोग ग-यो भने व्यक्ति, संस्था वा मिडियाले राम्रो ग-यो भनेर तारिफ गर्ने अन्यथा जति नै राम्रो काम गरे पनि राम्रो ग-यो भनेर नभन्ने र पेल्ने चलन रहेछ। एउटा कुरा केहो भने बोर्ड पूर्ण स्वायत्त नहुन्जेल हामीले सोचेका सबै कुरा सहि समयमा सम्पन्न गर्न गाह्रो छ, तैपनि हामी फिल्मकर्मीका लागि नीतिगत सहजीकरण गर्ने काममा धेरै अगाडि बढेका छौं। चलचित्र विधयेकलाई पनि चाँडोभन्दा चाँडो पारित गराउन पहल गरिरहेका छौं। त्यसैले, विकास बोर्ड पूर्ण स्वायत्त भएर यस्ले आफ्ना लागि आवश्यक नीति आफै निर्माण गर्न सक्ने अवस्थामा पुग्नु पर्छ र फिल्मकर्मी नै यस्को नेतृत्वमा रहनुपर्छ यहि नै श्रेयस्कर हो। जे जुन र जस्तो परिस्थितिमा भए पनि बोर्डले चलचित्रकर्मीहरुका लागि एउटा ठूलो समन्वयकारी र सहजकर्ताको भूमिका खेलिरहेको छ। काम धैरै छन, केही हुन सकिरहेका छैनन्, केही दु्रत गतिमा अघि बढेका छन्, यस हिसाबले म बोर्ड प्रति पूर्ण आशावादी र सकारात्मक छु।

फिल्मकर्मीको बायोडाटासमेत संकलन नगर्ने र निधन हुँदा उनीहरूको बायोडाटासहित श्रद्धाञ्जलिका दुई शब्द सार्वजनिकसम्म नगर्ने बोर्डबाट फिल्मकर्मीले अरू अपेक्षा गर्ने कि नगर्ने?

बोर्डले फिल्मकर्मीको निधनमा श्रद्धाञ्जलिका लागि बोर्डबाट मात्र हैन नेपाल सरकारबाट पनि श्रद्धाञ्जलि तथा शोक वक्तव्य जारी गराउने गरेको छ। विशिष्ट श्रेणीका फिल्मकर्मीको निधन भएको अवस्थामा मरणोपरान्त राष्टिझय सम्मान प्रदान गर्नका लागि आवश्यक पहल गरिरहेको छ र सरकारबाट यसको नीतिगत निर्णयका लागि कार्य अगाडि बढिसकेको छ। समस्त फिल्मकर्मीको पूर्ण विवरणसहितको अभिलेख डिजिटाइजेसन गर्ने काम भइरहेको छ।

पछिल्लो समयमा पुराना निर्देशक पलायन हुने र नयाँ पुस्ता हावी भएको देखिएको छ। किन होला?

यस्मा अलिकति पेसागत असुरक्षाको कारण पनि छ अर्को कुरा समय र प्रविधिअनुसार अपडेट नहुनु पनि एउटा कारण हुन सक्छ। अर्को कुरा हरेक दशकमा सामाजिक रहनसहन परिवर्तन भएको हुन्छ त्यो अध्ययनमा पनि चुक्यौं कि? अर्को कुरा नयाँ पुस्ता हावी भयो भन्दा पनि उनीहरुको नयाँ सोच र काम गर्ने ऊर्जाशीलतालाई सम्मान र स्वागत गर्नुपर्छ। यो समयको परिवर्तन हो। पुरानाले पनि नयाँसृग आफूलाई अपडेट गर्दै जानुपर्छ। तर, हामी जो जहाँ भए पनि फिल्मकर्मीहरु फिल्म क्षेत्रका लागि चिन्तित छौँ, यो सकारात्मक कुरा हो।

तपाईं आफैँले पनि फिल्म निर्देशन नगरेको धेरै समय भयो। अब निर्देशनमा फर्कनुहुन्न?

म पेसागतरुपमा पूर्णकालीन निर्देशक, लेखक र गीतकार हुँ, त्यसैले यसबाट पर भाग्ने कुरै छैन। उपयुक्त समयमा निर्देशन गर्नेछु । अहिले त्यसैको पूर्वतयारीस्वरुप स्कृप्ट तयार गर्दैछु ।

बोर्ड अध्यक्ष रहँदा रहँदै पनि फिल्म निर्देशनमा आउनुहुन्छ कि?

आउन सक्छु। म निराशावादी मान्छे हैन, धेरै आशावादी मान्छे हुँ, त्यही भएर कुनै पनि विषयलार्य सतही टिप्पणी गर्दिन पहिला त्यसको यथार्थ बुझेर मात्र आफ्नो अवधारणा सार्वजनिक गर्ने गर्छु र सबैलाई मेरो आग्रह के छ भने चलचित्र विकास बोर्डको बारेमा सतही टिप्पणी नगरिदिनुहोला। बोर्डको क्रियाशीलताको बारेमा यस्का काम कारबाहीका बारेमा तथा अझै अगाडि यसले गर्नुपर्ने कामका बारेमा वा सुझाव र सल्लाहहरुको बारेमा मलाई प्रत्यक्ष भेटेर परामर्श गर्नुभएमा म यस क्षेत्रको लागि गर्नुपर्ने सकारात्मक कार्यका लागि हरसमय अगाडि बढन तत्पर रहनेछु। मेरो क्रियाशिलता फिल्म क्षेत्रलाई नीतिगत रुपमा समृद्ध बनाउने र दक्ष फिल्कर्मी तयार गर्ने, राम्रा फिल्म निर्माणमा सहयोग, प्रोत्साहन र समन्वय गर्ने कार्यमा निरन्तर अग्रसरता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्