नुभिव हत्या प्रकरण : घटनामा संलग्न तीन युवक पुर्पक्षका लागि थुनामा



न्युज अफ नेपाल, काठमाडौं ।

पोखरा महानगरपालिका फेवातालस्थित बाराही मन्दिर नजिकै मृत फेला परेका नुभिव उप्रेती हत्या प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भई पोखरा बस्ने आशिष राई, स्याङ्जा घर भएका बिगेन गुरुङ र बासुदेव गुरुङ रहेका छन् ।

बिगेन र बासुदेवलाई जिल्ला अदालत कास्कीले थुनामा पठाउन आदेश दिएको छ भने आशिर्ष राई बालिग नभएका कारण बाल सुधार गृहमा पठाइएको छ ।

ललितपुरको खुमलटार घर भएका १८ वर्षीय नुभिव घरपरिवारलाई थाहै नदिई वैशाख ३ मा काठमाडौँबाट पोखरा गएका थिए । अनुसन्धानमा देखिए अनुसार उनी राति होटल वेलकम इनमा बसेका थिए । वैशाख ४ मा नुभिवको शव भेटिएपछि अनुसन्धामा उनको हत्या भएको प्रहरीको निष्कर्ष छ । हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जना युवकहरुसँग नुविभको भनाभन परेको प्रहरीले बताएको छ । पक्राउ परेका ३ जना मिलेर लेकसाइडको स्ट्रिट नम्बर–१३ मा नुविभलाई मरणासन्न हुनेगरी कुटेको सिसिटिभी फुटेज समेत बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्