कोरोना संक्रमणबाट ज्यान गुमाएका मृतकको दाह संस्कारमा अन्यौलता



न्युज अफ नेपाल, ओखलढुंगा ।

ओखलढुंगा कोरोना संक्रमणबाट ज्यान गुमाएका मृतकको दाह संस्कारमा अन्यौलता देखिएको छ । सिद्धिचरण नगरपालिका वडा नं ११ की ५८ वर्षीय महिलाको सोमबार बिहान ज्यान गएको थियो ।

मृतकका आफन्तले भने आफ्नो परम्परा अनुसार दाहसंस्कारमा सहयोग गर्न सरकारी निकायमा अपिल गरेका छन् । सरकारी मापदण्ड अनुसार परिवारका आफन्तले चाहेमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बढिमा १५ जना सम्मको उपस्थितिमा गर्न मिल्ने अन्यथा नेपाली सेनाले गर्ने उल्लेख छ ।

परिवारका सदस्यले भने सेनाको सहयोग मागेको छ । यसबारे प्रमुख जिल्ला अधिकारी बन्दना राईले परिवारले गर्न चाहेमा उनीहरुले मापदण्ड पालना गरेर गर्न सक्ने अन्यथा सेनाले आफ्नो मापदण्ड अनुसार गर्ने बताइन् । त्यसमा परिवार र समाज सहभागी हुने व्यवस्था नरहेको सुरक्षा निकायको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्