नेपाल पक्षका सांसदहरु सिंहदरवारमा



न्युज अफ नेपाल ,काठमाडौं ।

माधवकुमार नेपाल पक्षका सांसदहरु विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिटमा दस्तखत गर्न  सिंहदरबारमा गएका छन् ।

विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध आज सर्वोच्च अदालतमा दायर गर्ने रिट तयार भएसँगै नेपाल पक्षका सांसदहरु सिंहदरबारमा पुगेका हुन् । एक हलमा हस्ताक्षर संकलन गरिएको छ माधव नेपाल, जिवनराम श्रेष्ठ, निरादेवी जैरु, लक्ष्मी चौधरी, बिरोध खतिवडा, सोमप्रसाद पाण्डे, रामकुमारी झाक्री, लक्ष्मी चौधरी, झपट रावल, सोमप्रसाद पाण्डे लगायत उपस्थि छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी गठबन्धनले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्