खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु



रामधन राई, खोटाङ ।

खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको बगरेभञ्ज्याङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । प्रदेश नम्बर १–०२–००३ त ०२८० नम्बरको ट्याक्टर नेर्पाकै गुम्बाडाँडामा पल्टिँदा ट्याक्टरमा सवार रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका २५ वर्षीय नेत्रबहादुर गुरुङको मृत्यु भएको हो ।

बगरेभञ्ज्याङस्थित निर्माणाधिन पेनटावरबाट मिक्चर बोकेर मध्यपहाडी लोकमार्गतर्फ जाँदै गरेको ट्याक्टर विहिबार सडकबाट करिब ३० मिटर तल खसेको थियो । गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवं प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले उल्लेख गर्नुभएको छ ।

दुर्घट्नामा डुम्रेधारापानी निवासी चालक २१ वर्षीय सुशिल श्रेष्ठ गम्भीर घाईते र २९ वर्षीय धनबहादुर सुनुवार घाईते भएका छन् । घाईतेलाई जिल्ला अस्पताल दिक्तेलमा सामान्य उपचार पछि काठ्माण्डौं रेफर गरिएको छ । घट्नास्थल मुचुल्काको काम पुरा गरेर शव जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्