अक्सिजन अभाव टार्न सेना आफै खटियो



काठमाडौ नेस ।

कोरोना संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाली सेनाले अक्सिजन अभावलाई टार्न आफ्नो टोली परिचालन गरेको छ ।देशभर आफ्ना संयन्त्र मार्फत सेनाले अक्सिजन प्लान्ट सन्चालन गर्ने र देशभरका अस्पतालमा अक्सिजन सिलिन्डर उपलब्ध गराउने कामलाई तीव्रता दिएको छ । सैनिक मुख्यालयका अनुसार विभिन्न अक्सिजन प्लान्टमा नेपाली सेनाका प्राबिधिक नै परिचालन गरिएको छ ।

सेनाले हवाई सवारी साधन र स्थलमार्गको प्रयोग गरी अक्सिजन सिलिन्डरहरु पु¥याउने कामलाई तीव्रता दिएको जनाएको छ ।काठमाडौको थानकोटमा रहेको अक्सटिज अक्सिजन प्लान्टमा जुनियस अफिसरको कमाण्डमा ७ जना जनशक्ति खटाएको छ । त्यस्तै काभ्रेको पनौतीमा रहेको नवज्योती अक्सिजन प्लान्टमा ८ जना जनशक्ति खटाएको छ । त्यस्तै रुपन्देहीको छिपागढमा रहेको शंकर अक्सिजन प्रालिमा अधिकृतको कमाण्डमा ३५ जना जनशक्ति खटाएको छ । अहिले उक्त उद्योगले दैनिक ५ सय ५० अन्सिजन सिलिन्डर भर्दै आएको छ ।

त्यस्तै रुपन्देहीको ठुटीपीपलमा रहेको लुम्विनी अक्सिजन प्रालिबाट २ सय ८८ सिलिन्डर भर्दै आएको छ । त्यसैगरी बागदुरामा रहेको लुम्विनी अक्सिजन प्लान्टमा पनि सेनाको निगरानीमा २ सय ८८ सिलिन्डर अक्सिजन दैनिक भर्दै आएको छ ।सेनाले अक्सिजन अभावलाई ध्यानमा राख्दै काठमाडौबाट बाराकालागि ६० खाली सिलिन्डर ढुवानी गरेको थियो भने बाराबाट ४० वटा भरी सिलिन्डर हवाईमार्गबाट काठमाडौ ल्याएको थियो । बाराको सिमरा र चितवनबाट भैरहवामा भरिएको ४० सिलिन्डर अक्सिजन हवाई मार्गबाट ढुवानी गरेको थियो ।त्यसैगरी सुनसरीबाट काठमाडौ २सय ६३ थान, बिराटनगरबाट ६० थान, पोखराबाट ८७ थान इटहरीबाट ४७ थान, बिराटनगरबाट पुन १सय २० थान अक्सिजन सिलिन्डर काठमाडौ ल्याएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्