नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना संक्रमण फैलिएको पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस संक्रमण फैलिएको पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै देशका विभिन्न भागबाट गत हप्ता संक्रमित संक्रमितका ३५ वटा नमूनाहरू परीक्षण गर्दा नयाँ भेरियन्टको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त भारतको प्रयोगशालामा गरेको जिन सिक्विन्सिङबाट नयाँ भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । हाल पत्ता लागेको नयाँ भेरियन्टले सबै समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको मन्त्रालयको भनाई छ । यससँगै नेपालमा कोरोनाका तीनवटा भेरियन्ट सक्रिय रहेको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्