कार रोकिन पेट्रोलै सकिनु प-यो



वासिङ्टन, एजेन्सी

अमेरिकाको केन्टुकीको एउटा राजमार्गमा गति सीमा तोडेर कार चलाउने एक युवकलाई नियन्त्रणमा लिन अन्ततः उनको कारको पेट्रोल रित्तिनैपर्ने रोचक स्थिति उत्पन्न भएको छ । प्रहरीले ‘स्टेभन अल्फोर्ड’ नामक ती व्यक्तिले शनिबार अपराह्न ब्ल्युग्रास पार्कवेमा १ सय ४३ माइल प्रतिघन्टाको गतिमा आफ्नो २०१५ फोर्ड मुस्ताङ गाडी कुदाइरहेको जनाएको छ ।

यहाँ सवारी साधनको गतिसीमा ७० माइल प्रतिघन्टा मात्र रहेको छ । नेल्सन काउनिट सेरिफको कार्यालयले ती व्यक्तिलाई तीव्र गतिमा कार चलाउनबाट रोक्नका लागि केन्टुकी राज्य प्रहरीलाई खबर गरेको थियो ।उनको कारको पेट्रोल सकिएपछि बाध्य भएर कार रोकेका राउन्डहिल निवासी ४७ वर्षीय अल्फोर्डले लामो समयसम्म कारबाट ओर्लन अस्वीकार गरेका थिए ।

उनको सवारी चालक अनुमति पत्रसमेत रद्द भइसकेको अनुसन्धानबाट खुलेको छ । उनीविरुद्ध प्रहरीहरूको ज्यान जोखिममा पारेको र गति सीमा नाघेर कार चलाएको अभियोग लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्