विद्यालयका लागि २१ लाख संकलन



रसुवा, (नेस)

रसुवा जिल्लाको सबैभन्दा पहिलो विद्यालय नीलकण्ठ माध्यामिक विद्यालय ‘नमुना विद्यालय’ मा छनोट भएसँगै नयाँ भवन निर्माणका लागि करिब २१ लाख रुपियाँ जम्मा भएको छ । जग्गा खरिद गर्न अभियानकै रूपमा शुरु गरिएको चन्दा संकलनमा उक्त रकम संकलन भएको हो ।

नमुना विद्यालयमा छनोट भएसँगै जग्गाको अभाव पूरा गर्न विद्यालयका पूर्वविद्यार्थी, समाजसेवी, बुद्धिजीवी तथा दानवीरहरुले संयुक्तरूपमा शुरु गरेको चन्दा संकलनको एक महिनाको अवधिमा २० लाख ९२ हजार रुपियाँ जम्मा भएको आर्थिक संकलन र प्रचारप्रसार विभागका सदस्यसमेत रहनुभएका विद्यालयका शिक्षक गणेश श्रेष्ठले बताउनुभएको छ ।

उत्तरगया गाउँपालिका–५ बेत्रावती बजारमा घर भई हाल बेल्जियममा बस्दै आउनुभएका मीरा डगोलले १ लाख १ सय रुपियाँ उपलब्ध गराएसँगै सहयोग अभियानको शुभारम्भ भएको थियो । हालसम्म सबैभन्दा धेरै आर्थिक सहयोग गर्नेमा उत्तरगया गाउँपालिका–२ सिम्ले निवासी समाजसेवी लेखनाथ अधिकारी हुनुहुन्छ । उहाँले १ लाख १ हजार १ सय ५५ रुपियाँ सहयोग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्