सामाजिक कथामा भिडियो



बुहारीलाई पनि छोरीको जस्तै व्यवहार गर्नुपर्छ भन्ने सन्देश बोकेको जसले मलाई बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

यो गीतमा स्वरूपा रसाइलीको स्वर, राजकुमार सुनारको शब्द तथा बिबी अनुरागीको संगीत छ। गीतको म्युजिक भिडियो समन अधिकारीले निर्देशन गरेका छन्। समनले म्युजिक भिडियो सामाजिक सन्देश दिने कथामा तयार पारेका छन्।

गीतको म्युजिक भिडियोमा गौरव पहारी, उत्साह घिमिरे, विशाल पहारी, कमला रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ। फराज अर्पणको छायांकन तथा सम्पादन रहेको म्युजिक भिडियोमा एक महिलाले आफ्नै श्रीमान्ले साथ नदिएपछि भोगेको पीडा देखाइएको छ।

प्रतिक्रिया दिनुहोस्