मेक्सिकोकी आईटी इन्जिनियर एन्ड्रिया नयाँ मिस युनिभर्स



यस वर्षको मिस युनिभर्सको उपाधि मेक्सिकन सुन्दरी एन्ड्रिया मेजाले चुमेकी छिन्। ६९औं संस्करणको मिस युनिभर्स प्रतिस्पर्धामा सहभागी ७३ देशका सुन्दरीलाई पछाडि पार्दै २६ वर्षीया सफ्टवेयर इन्जिनियर एन्ड्रियाले मिस युनिभर्स २०२० को उपाधि आफ्नो बनाएकी हुन्। फलोरिडाको सेमिनोल हार्ड रक होटल एन्ड क्यासिनो हलिउडमा आइतबार सम्पन्न मिस युनिभर्सको ग्रयान्ड फिना

लेमा एन्ड्रियालाई पूर्वमिस युनिभर्स अफ्रिकी सुन्दरी जोजिबिनी टुन्जीले मिस युनिभर्सको ताज पहिराइदिएर शुभकामना दिएकी थिइन्।समारोहको अन्तिम चरणमा यदि तपाईं देशको नेता भएको भए कोरोना भाइरस महामारीको नियन्त्रण कसरी गर्नुहुन्थ्यो भन्ने निर्णायक प्रश्नको जवाफमा एन्ड्रियाले तार्किक जवाफ दिएर उपाधि चुमेकी थिइन्। ‘मलाई लाग्छ यस्तो कठिन परिस्थितिलाई सम्हाल्नका लागि कुनै सटिक तरिका त छैन। तर, म स्थिति बिग्रिनुभन्दा पहिले नै लकडाउन लगाइ दिन्थें। जसले गर्दा मानिसको जिन्दगी बर्बाद नहोस्। हामी मानिसको जिन्दगी यसरी बिग्रेको हेर्न सक्दैनौँ’ निर्णायक जवाफमा उनले भनेकी थिइन् ‘यस कारण म सुरुवातदेखि नै स्थितिलाई सम्हाल्ने कोशिस गर्थें।’

उनको यही जवाफले उनलाई मिस युनिभर्सको ताज जिताउनका लागि निर्णायक भूमिका खेलेको थियो। यसका साथै मेजाले सौन्दर्यको मापदण्ड बारेमा आफ्नो धारणा राख्दै भनेकी थिइन् ‘हामी यस्तो समाजमा बस्छौँ, जहाँ धेरैभन्दा धेरै आधुनिकता आइरहेको छ। आधुनिकतासँगै हाम्रो रुढीवादिता पनि अघि बढिरहेको छ। आजको जमानामा सुन्दरताको मतलब केवल उसको बाहिरी लुक्स मात्र हो। तर, मेरो लागि सुन्दर हुनु भनेको आत्मादेखि मात्र नभई हृदयदेखि नै सुन्दर हुनु हो।’ उनको यो भनाइले पनि उनलाई उपाधि जित्न मद्दत गरेको थियो ।

प्रतियोगितामा ब्राजिलकी जुलिया गामा फस्ट र पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनर्सअप भएका छन्। प्रतियोगिताको अन्तिम उत्कृष्ट ५ सुन्दरीमा मेक्सिकोसहित भारत, पेरु, ब्राजिल र डिमिनिकन रिपब्लिकका सुन्दरी छनोट हुन सफल भएका थिए। प्रतियोगितामा मिस युनिभर्स नेपाल २०२० अंशिका शर्माले मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गरेकी थिइन् भने विश्वभरिका प्रतिभाशाली सुन्दरीले आ–आफ्नो देशको प्रतिनिधित्व गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्