एफएनसीसीआई अप्रेसन कोभिड रिलिफ’ प्रभावकारी बन्दै



नेपाल समाचारपत्र, काठमाडौं

नेपाल उद्योग वाणिज्य महासंघले शुरू गरेको ‘एफएनसीसीआई अप्रेसन कोभिड रिलिफ नेपाल’ अभियान प्रभावकारी बन्दै गएको जनाएको छ ।महासंघले सो अभियानअन्तर्गत हाल २ वटा आइशोलेसन तथा उपचार केन्द्र, महासंघ कोभिड १९ सहायता केन्द्र र हेल्लो डाक्टर स्वास्थ्य परामर्श सेवा सञ्चालन गरेको छ ।

एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अन्तरगत क्षेत्रपाटीस्थित पुरानो गोर्खा अस्पतालको भवनमा स्थापना गरिएको कोभिड आइशोलेशन एवं प्राथमिक उपचार केन्द्र सञ्चालनमा आएको छ ।उक्त आइशोलेशन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं संचालन गर्ने सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ र काठमाडौं महानगरपालिका वडा नम्वर १७ बीच गत वैशाख ३० गते एक समझादारीपत्रमा हस्ताक्षर भएको थियो । सेन्टर अहिले ५० वटा बेडबाट शुरु गरिएको छ र आवश्यकताका आधारमा विस्तार गर्दै पछि १ सय वेडसम्म पु¥याइने योजना छ ।

त्यसैगरी महासंघले भगवान महावीर जैन–निकेतन, आरम्भ फाउण्डेशन तथा कामनपा वडा नम्वर २९ को सहयोग एवं सहकार्यमा वैशाख ३० गतेदेखि काठमाडौंको कमलपोखरीस्थित जैन निकेतमा ५० बेडको ड्राई आइशोलेसन केन्द्र अक्सिजन र आपतकालिन सेवा वाहेकको  संचालनमा ल्याइसकेको छ । उक्त केन्द्र मार्फत हाल ४० जनाले सेवा पाइरहेका छन् । महासंघले कोभिड संक्रमितलाई स्वास्थ्य परामर्श दिन वैशाख २६ गतेदेखि हेल्लो डाक्टर कार्यक्रम सञ्चालन गरेको छ । भाइवरको सहकार्यमा डाक्टर अन कलका चिकित्सकहरूले विरामीहरूलाई स्वास्थ्य परामर्श दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्