काठमाडौंमा २३४६ जनामा कोरोना संक्रमण पुष्टि, ३०४५२ सक्रिय संक्रमित



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३०९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना कोरोना संक्रमित भेटिएका छन् ।

सोमबार देशभर थप ९,२४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा २१४ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ । काठमाडौंमा सक्रिय संक्रमितको संख्या ३० हजार ४५२, भक्तपुरमा १० हजार ८०३ र ललितपुरमा ७ हजार ६१ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्