ट्राफिक व्यवस्थापनका लागि उपकरण हस्तान्तरण



न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेशअन्तर्गत् मकवानपुर जिल्लाको ट्राफिक व्यबस्थापनका निमित्त बिभिन्न उपकरण तथा सामग्री हस्तान्तरण भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाकी प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरी, प्रहरी उपरीक्षक राजकुमार सिलवालको उपस्थितिमा प्रदेश सरकार भौतिक पूर्वाधार, विकास मन्त्रालयमार्फत् यातायात व्यबस्था सेवा कार्यालय हेटौंडाले प्रदेश ट्राफिक प्रहरी प्रमुख तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर प्रमुखलाई संयुक्तरुपमा उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

प्रदेशको ट्राफिक आवागमनलाई सुव्यबस्थित बनाउन दुई चरणमा करिब ३ करोड बराबरका सामान आवश्यक रहेकाले सो सामग्री खरिदका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई प्रस्ताव पेश गरिएकोमा आगामी आर्थिक वर्षको बजेटबाट व्यबस्थापन गर्ने तथा तत्कालका लागि मकवानपुर र चितवनको लागि ५÷५ लाखको ट्राफिक उपकरण उपलब्ध गराएर ट्राफिक व्यबस्थापनका लागि सरोकारवालस“गको अन्तर्कियाका लागि थप ३÷३ लाख उपलब्ध गराउने निर्णय गरिएको थियो । सोमबार ५ लाख लागतमा ब्रेथ एनालाइजार, म्याजिक लाइट, बडी वर्न क्यामेरा गरी ८ प्रकारका सामग्री मकवानपुरअन्तर्गत् प्रयोग गर्ने गरी प्राप्त भएको हो ।

केही दिनभित्र चितवनको ट्राफिक व्यबस्थापनका निमित्त सोही परिणामका सामग्रीहरु उपलब्ध गराउने गरी खरिद प्रक्रिया अगाडि बढिसकेको छ । बागमती प्रदेशमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न कार्यालयले विभिन्न किसिमका कार्ययोजना तथा अवधारणापत्रहरु तयार गरी कार्यान्वयन गरिरहेको छ ।

विशेषगरि बागमती प्रदेशको मकवानपुर र चितवन जिल्लामा बढ्दो जनघनत्व, प्रमुख सवारी मार्गहरु तथा हेटौंडा, बागमती प्रदेश राजधानीसमेत भएको हु“दा ट्राफिक व्यबस्थापन सम्बन्धि विभिन्न किसिमका उपकरण उपलब्ध गराउन सम्बन्धित प्रदेश मन्त्रालयलगायत विभिन्न सरोकारवाला निकायहरुस“ग नियमित समन्वय र सहकार्य गर्ने कार्यलाई निरन्तरता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्