स्पेनद्धारा नेपाललाई स्वास्थ्य सामाग्री सहयोग



न्युज अफ नेपाल ,काठमाडौं ।

नेपालमा कोरोना भाइरस संक्रमण भयावह बन्दै गएपछि स्पेनले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको छ । स्पेनस्थित नेपाली राजदूत दावाफुटी शेर्पाका अनुसार महामारीविरुद्ध स्पेनसँग सहयोग मागेको बताएकी छिन् । राजदूत शेर्पाले ट्वीट गर्दै महामारविरुद्ध स्पेनले सघाउन लागेको जनाएकी छिन् ।

राजदूत शेर्पा र स्पेनी सरकारका अधिकारीसहितको विमान नेपालमा अत्यावश्यक मेडिकल सामाग्रीसहित बुधवार त्यहाँबाट काठमाडौंतर्फ आउन लागेको दूतावास स्रोतले जनाएको छ । विमान पनि स्पेन सरकारले नै चार्टर्ड गर्न लागेको हो ।

नेपाली दूतावासले नेपाल आएका बेला अड्किएका गैरआवासीय नेपालीको विवरण समेत संकलन गरिरहेको बताइएको छ । राजदूत शेर्पाले नेपाललाई सहयोगका लागि स्पेन सरकार र त्यहाँका गैरसरकारी निकायहरुसँग पनि पहल गरिररहेकी छन ।

प्रतिक्रिया दिनुहोस्