युभेन्ट्सको संघर्षपूर्ण जित



लन्डन, (एजेन्सी)

इटालियन सिरी ए लिग फुटबलमा शीर्ष चारमा रहनका लागि ठूलै संघर्ष गरिरहेको युभेन्ट्सले इन्टर मिलानमाथि संघर्षपूर्ण जित निकालेको छ ।दुवै टोली १० खेलाडीमा सीमित भएको उक्त खेलमायुभेन्ट्सले आफ्नो घरेलु मैदानमा इन्टरमाथि ३–२ गोलअन्तरको संघर्षपूर्ण जित निकालेको हो । यो जितले युभेन्ट्सलाई अर्को सिजनच्याम्पियन्स लिगको छनोटको ढोका खुलै राखेको छ । निकै प्रतिस्पर्धात्मक उक्त खेलमा ९० मिनेटभित्र दुवै तर्फबाट गरी तीन वटा पेनाल्टी प्रहार गरिएकाथिए । जसमा घरेलु टोलीयुभेन्ट्सले दुई पेनाल्टी पायो भने मिलानले एक पेनाल्टी पाएको थियो । त्यसैगरी, खेलमादुवै तर्फबाट गरी एक–एक जना खेलाडीले रातो कार्ड पाएका थिए ।

निकै तनावपूर्ण देखिएको खेलमाजम्मा ६ वटा पँहेलो कार्ड र दुई वटा रातो कार्ड देखाइएको थियो । पटक–पटक खेलमा विवाद देखिएपछि युभेन्ट्सले दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डोलाई ७०औं मिनेटमा सब्सिच्युट गरेको थियो । तर, रोनाल्डो नभएपनिअन्तिम समयमापाएको पेनाल्टी गोलको मद्दतमा युभेन्ट्सले यस सिजनको उपाधि च्याम्पियन मिलान माथि ३–२ को जित निकाल्न सफल भयो । एलिनाज रंगशालामायुभेन्ट्सका लागि फरवार्ड क्रिस्टियानो रोनाल्डोले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । उनले खेलको २४औं मिनेटमा गोल गरेका हुन् । गोल गर्नुअघि पहिला रोनाल्डोको पेनाल्टी प्रहार मिलानका गोल किपरले रोकेका थिए । तर, रिबाउन्ड बलमा रोनाल्डोले सहजै गोल गर्न सफलभए । उनकालागि यो सिजनको २९औं लिगगोल हो ।

त्यसअघि,युभेन्ट्सले कर्नर किकप्रहार गर्नेक्रममा डीबक्समा युभेन्ट्सका कप्तान चिलिनीब लतिर अघि बढ्ने क्रममा मिलानका खेलाडीले समातेर लडाएपछि रेफ्रीले भिएआरमार्फत् युभेन्टसलाई पेनाल्टी दिएकाथिए । तर, उक्तअग्रता धेरैबेर भने टिकेन । खेलको ३५औंमिनेटमा मिलानले पनि पेनाल्टी पायो । डीबक्स भित्र युभेन्ट्सका डिफेन्डर माथिस डि लिग्टले मिलानका खेलाडी माथि फाउल गरेपछि रेफ्रीले त्यहाँपनिभिएआरमार्फत् नै पेनाल्टी दिएकाथिए, जसमा  लुकाकुले पेनाल्टीमा गोल गर्दै १–१ को बराबरीमा ल्याए । त्यस्तै, पहिलो हाफको इन्ज्युरी समयमायुभेन्ट्सका जुआन काउडराडोले डीबक्स बाहिरबाट हानेको शक्तिशालीप्रहारमा बलले सोझै जालीचुमेपछि युभेन्ट्सले पहिलो हाफमा २–१ को अग्रताबनायो । खेलको दोस्रो हाफमा भने केही नाटकीय मोड देखिएको थियो । घरेलु टोलीयुभेन्ट्सका मिडफिल्डर रोड्रिगो बेन्टाकुरले दोहोरो पँहेलो कार्डको साथ रातो कार्ड खाँदै मैदान छाडेपछि युभेन्ट्स १० खेलाडीमा सीमित भयो ।

१० खेलाडीमा सीमित भएपछि मिलानले युभेन्ट्स माथि लगातार चर्को दबाब बनायो । सोही क्रममा युभेन्ट्सका कप्तान जर्जियो चिलिनीले खेलको ८३औं मिनेटमा आत्मघाती गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो । तर, त्यसको पाँचमिनेटमै युभेन्ट्सले अर्को पेनाल्टी पायो । बल लिएर डीबक्सभित्र दौडिरहेका काउडराडोमा थिमिलानका खेलाडीले फाउल गरेर लडाएपछि रेफ्रीले युभेन्ट्सलाई सोझै पेनाल्टी हान्ने अवसर दिएकाथिए । जसमा काउडराडो नै पेनाल्टी प्रहार गर्दै गोल गर्न सफलभए । यता, मिलानका मिडफिल्डर मार्सेलो ब्रोजोभिचइन्ज्युरी समयको दोस्रो मिनेटमा दोहोरो पँहेलो कार्डकोसिकार हुँदै मैदान छाडेपछि मिलानपनिअन्तिमतीनमिनेट १० खेलाडीमा सीमितभएको थियो । यो जितपछि युभेन्ट्सले ३७ खेलबाट ७५ अंक जोडेको छ । युभेन्ट्स लिगको चौथो स्थानमा रहेर च्याम्पियन्स लिग खेल्नकालागि नेपोलीको नतिजामा भरपर्नु पर्ने समीकरण बनेको छ । नेपोलीको बाँकीदुई खेलमध्ये कम्तीमा एक खेलमा बराबरीमा रोकिएमा र युभेन्ट्सले आफ्नो अन्तिम खेल जितेमा मात्रै युभेन्ट्स चौथो स्थानमा रहेर अर्को सिजनच्याम्पियन्स लिगकालागि छनौट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्