वैजनाथप्रति श्रद्धान्जली अर्पण



काठमाडौं, (नेस)

नेपाल लोकतान्त्रिक खेलकुद संघले संघका केन्द्रीय सदस्य, २ नं. प्रदेश संयोजक, क्योकु सिनका अन्तर्राष्ट्रिय खेलाडी वैजनाथ बाबायादवको निधनमा श्रद्धान्जली अर्पण गरेको छ ।

जनकपुर निवासीयादवको शनिबार राति कोभिडका कारण वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । नेपाल क्योकुसिनकान कराँते संघ २ नं. प्रदेश अध्यक्षएवं प्रदेश प्रमुख प्रशिक्षक समेत रहेका यादव ९ दिनदेखि वीर अस्पतालमा उपचाररत थिए । स्व. यादवका श्रीमती र एक छोरा रहेका छन् ।

विज्ञप्तिमा जनाइएअुनसार स्व. यादवले लोकतान्त्रिक खेलकुद संघ, लोकतान्त्रिकआन्दोलमा पु-याउनु भएको अहमभूमिका, देशकालागि खेलकुदका माध्यमबाट दिनु भएको योगदान सदा स्मरणीय रहने छ । यस दुखद् घडीमा स्वर्गीय यादव प्रति श्रद्धान्जली व्यक्त गर्दै परिवारमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस्भनी नेपाललो कतान्त्रिक खेलकुद संघ समवेदना प्रकट गर्दछ । यस्तै,खेलकुद क्षेत्रकाअन्य सम्मानित व्यक्तित्वहरूको असामयिक निधनप्रति पनि नेपाल लोकतान्त्रिक खेलकुद संघ समवेदना व्यक्त गर्दै श्रद्धान्जली अर्पण गर्दछ ।

प्रतिक्रिया दिनुहोस्