सिटी एफए कप च्याम्पियन



लन्डन, (एजेन्सी)

लेस्टर सिटी यस सिजनको एफएकप फुटबलको च्याम्पियन बनेको छ ।प्रतियोगिताको शनिबार राति भएको उपाधि भिडन्तमा युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल पुगेको चेल्सीलाई हराउँदै लेस्टर सिटी इङ्ग्लिस नकआउट क्लब फुटबल प्रतियोगिता एफएकपको च्याम्पियन बनेको हो ।

लेस्टर सिटीले चेल्सीलाई १–० को साँघुरो गोल अन्तरमा पराजित गर्दै उपाधि पोल्टामा पार्न सफल भएको हो । यससँगै, लेस्टरले क्लब इतिहासमै पहिलो पटक एफए कपको उपाधि पनि जित्न सफल भएको छ । सन् २०१६ मा प्रिमियर लिग जितेको लेस्टरले यसअघि एफएकपको उपाधिभने जित्न सकेको थिएन । टोटन ह्यामको घरेलु मैदान वेम्बली रंगशालामा भएको फाइनल खेलमा लेस्टरले खेलको ६३औं मिनेटमा गरेको एकमात्रै गोलको अग्रता बचाएर अन्ततः उपाधि नै उचाल्न सफल भयो । सो गोल युरी टिइलेमान्सले गरेका थिए ।
गोल बेहोरे पछि ठूलो दबाबमा परेको चेल्सीले खेलको ८८औं मिनेटमा अफसाइड गोल गरेको थियो ।

चिलवलले गरेको उक्तगोल भिएआरले रद्द गरिदिँदा लेस्टरले १–० को अग्रता बचाएर उपाधि जित्यो । यो नतिजापछि छैटौं पटक एफएकपको उपाधि जित्ने दाउमा रहेको चेल्सी भने च्याम्पियन्स लिगको फाइनल अघि स्तब्ध बन्यो । नयाँ प्रशिक्षक थोमस टुचेलले आफ्नो पहिलो फाइनल खेलमा उपाधि जिताउन सकेनन् । चेल्सी र लेस्टर यसै साता प्रिमियर लिगमा पनि भिड्दै छन् । यीदुवै टोली लिगमा शीर्ष चारमा रहनकालागि कडा प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्