टम क्रुजले फर्काए अवार्ड



हालै मात्र युएस टेलिभिजन नेटवर्क (एनबीसी) ले गोल्डेन ग्लोब अवार्ड २०२२ रद्द गर्ने फैसला गरेको छ। यो फैसलापछि फिल्म तथा टेलिभिजनको वार्षिक पुरस्कारमा विविधता हुन नसकेको भन्दै गोल्डेन ग्लोब अवार्डप्रति सेलिब्रेटी तथा आममानिसले असन्तुष्टि व्यक्त गरिरहेका छन्।

यसै बीच हलिउड अभिनेता टम क्रुजले पनि यो फैसलाको विरोध गर्दै आफूले विगतमा पाएको तीन ओटा गाल्डेन ग्लोब अवार्ड फिर्ता गरिदिएका छन्। टमले सन् १९९० मा बर्न अन द फोर्थ अफ जुलाई तथा सन् १९९७ मा म्याग्युयर नामक फिल्मका लागि सर्वोत्कृष्ट अभिनेता तथा सन् २००० मा फिल्म म्याग्नोलियाका लागि सर्वोत्कृष्ट सह अभिनेताको अवार्ड चुमेका थिए।एनबीसीको यो फैसला हलिउड फरेन प्रेस एसोसियसन (एचएफपीए) लाई अवार्ड सुम्पिएपछि आएको हो। ‘हामी विश्वस्त छाँ कि एचएफपीय सार्थक सुधारको लागि प्रतिबद्ध छ। तर, यसको लागि समय लाग्नेछ’ नेटवर्कद्वारा जारी गरीएको विज्ञप्तिमा भनिएको छ।

यो विवादको सुरुवात लस एन्जलस्थित एक मिडिया रिपोर्टपछि भएको हो। उक्त रिपोर्टमा एचएफपीएका सदस्यलाई सेलिब्रेटीहरूलाई लिंगभेदी तथा नश्लीय टिप्पणी गरेको र फेवर गरेको आरोप लगाइएको थियो। यस रिपोर्टपछि गत फेब्रुअरीमा सम्पन्न गोल्डेन ग्लोब अवार्डमा विविधता हुन नसकेको भन्दै एचएफपीएका कामहरू विवादित
भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्