प्रहरीले अण्डा चोर्दै गरेको भिडियो भाइरल भएपछि जागिर चट् (भिडियोसहित)



एजेन्सी । भारतको पञ्जाब राज्यमा एक प्रहरीले अण्डा चोर्दै गरेको भिडियो भाइरल बनेपछि उनलाई कारबाही भएको छ । अण्डा चोरिरहेका प्रहरीको भिडियो सावैजनिक गर्दै पञ्जाब प्रहरीले उनलाई निलम्बन गरिएको जनाएको छ ।

फतेहगढ़ साहिब कस्बेमा खटिएका ती प्रहरीले सडकमा रोकिराखेको साइकलबाट अण्डा चोरिरहेको भिडियो सार्वजनिक भएको थियो । अण्डा चाेर्ने पञ्जाब पुलिसका हेड कन्स्टेबल प्रीतपाल सिंह रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्