ओली-नेपाल भेटवार्ता : सहमति कार्यान्वयन गर्न १० सदस्यीय कार्यदल गठन



न्युज अफ नेपाल, काठमाडौँ ।  

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज सिंहदरबारमा भएको भेटवार्तामा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल गठन गरिएको छ ।

कार्यदलमा दुवै पक्षका ५/५ नेता गरी कुल १० सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

प्रतिक्रिया दिनुहोस्