विश्वनम्बर एक बार्टी बाहिरिइन्



रोम, (एजेन्सी)

महिला सिंगल्सको विश्व नम्बर एक खेलाडी एस्लिग बार्टीले इटालियन ओपन टेनिस प्रतियोगिता परित्याग गरेकी छन् ।अस्टेलियन खेलाडीले खेल बीचमै छाड्नु परेको थियो । अमेरिकी युवा खेलाडी कोको गाउफ विरुद्धको क्वार्टर फाइनल खेल माउनलाई चोट लागेको थियो । जबकी,उनले पहिलो सेट ६–४ ले जितेकी थिइन्भने दोस्रो सेटमा २–१ को अग्रतामा थिइन् ।

बार्टीको दायाँहातदुखेको थियो भने बायाँ खुट्टामा ब्यान्डेज गरिएको थियो । रोममा जारी प्रतियोगिताबाट चोटको कारण नामफिर्ता लिनेमा उनी दोस्रो खेलाडी हुन् । अघिल्लो चरणमा रोमानिया कीसिमोना हालेपले चोटका कारण प्रतियोगिताबाट अलगहुनु परेको थियो । हालेप इटालियन ओपनकी डिफेन्डिङ च्याम्पिय नहुन् ।

बार्टी रहालेपको बहिर्गमन तथानाओमी ओसाका, सोफिया केनीन र सेरेना विलियम्सको पराजयपछि महिला सिंगल्सतर्फ उपाधि दौडखुल्लाभएको छ । १७वर्षीया गाउफ, युक्रेनकीएलीना स्विटोलीना, फ्रेन्च ओपन च्याम्पियनइगा स्वियाटेक सेमिफाइनलको लागि खेल्दैछन् । पूर्व विश्वनम्बर ए कारो लिना पिलिस्कोभा भने लात्भियाकी येलेना ओस्टापेन्को विरुद्ध तीनम्याच प्वाइन्ट बचाएर अन्तिम १६ मा स्थान सुरक्षित गरिन् । पुरुष सिंगल्सतर्फ राफाल नाडालले जर्मनीका एलेक्जेन्डर जेभेरेभ सँग बदलालिँदै अन्तिम ४ मा स्थान सुरक्षित गरेका छन् । स्पेनी खेलाडीले जेभेरेभलाई ६–३, ६–४ ले हराएकाथिए । यो राफालको गत साता मेड्रिड ओपनको क्वार्टर फाइनल माहारको बदलासमेत थियो । राफालले अमेरिकाका रीली ओपेल्काको सामना गर्नेछन् ।अर्जेन्टिनाका फेडेरिको डेल्बोनीसलाई हराएर ओपेल्का पहिलोपटक मास्टर्स १००० प्रतियोगिताको अन्तिम चारमा पुगे ।

प्रतिक्रिया दिनुहोस्