लुइजले आर्सेनल छोड्दै



लन्डन, (एजेन्सी)

इङ्ग्लिस प्रिमियर क्लबका आर्सेनलका ब्राजिलियन डिफेन्डर डेभिड लुइजले क्लब छोड्ने निर्णय गरेका छन् ।क्लब सँगभएको आन्तरिक छलफल पश्चात्लुइजले नयाँ सिजन आर्सेनलबाट नखेल्ने पक्का गरेको हो ।

आर्सेनल र लुइज बीचको सम्झौता यसै सिजनको अन्त्यपछि समाप्त हुँदैछ । क्लबले लुइजलाई छोड्ने मनसायन बनाए पनि आन्तरिक विषयमा कुरा नमिल्दा लुइजले क्लबसँगको सम्झौता नलम्ब्याउने निर्णय लिएको बताइएको छ ।सन् २०१९ मा चेल्सीबाट आर्सेनलमा अनुबन्धित भएका लुइजले दुई सिजन आर्सेनलमा बिताएका छन् ।

त्यस क्रममाउनले आर्सेनलबाट ७३ म्याच खेल्दै चार गोलसमेत गरेका छन् । ३४ वर्षीय लुइज आगामी सिजन अमेरिकाको मेजर लिग सकर क्लब इन्टर मायामीजाने अनुमान गरिएको छ । ८ मिलियन पाउन्डमा आर्सेनल भित्रिएका लुइजले आर्सेनलका लागि पुरानो क्लब चेल्सीविरुद्ध भएको एफएकपको उपाधिसमेत दिलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्