सिटीको रोमाञ्चक जित



लन्डन, (एजेन्सी)

जारी सिजनको च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिगमा ३६औं खेलमा न्युक्यासल युनाइटेडमाथि रोमाञ्चक जित निकालेको छ ।

शुक्रबार रातिभएको खेलमा सिटीले एक गोलले पछि परेको स्थितिलाई उल्ट्याएर न्युक्यासललाई उसैको घरेलु मैदानमा ४–३ को रोमाञ्चक जितदर्ता गरेको हो । सिटीको जितमा स्पेनिस फरवार्ड फेरान टोरेसले ह्याट्रिक गर्दा थप एक गोल जोओ क्यान्सिलोको नाममा रह्यो । घरेलु टोली न्यूक्यासलका लागि भने इमिल क्राफ्ट, जोइलिन्टन र जोसेव विललकले गोल गरे ।न्युक्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा भएको सो खेलको २५औं मिनेटमा इमिलको गोलबाट घरेलु टोलीले अग्रतालिएको थियो । तर, न्युक्यासलले त्यो अग्रतालाई जोगाउन सकेन । खेलको ३९औं मिनेटमा जोओ क्यान्सिलोले रोड्रीको पासमागोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसको तीनमिनेटपछि नै फेरान टोरेसले गोल गर्दै सिटीलाई खेलमा २–१ ले अघि बढाए । तर, पहिलो हाफको इन्ज्युरी समयको छैटौंमिनेटमा जोइलिन्टनले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ को अवस्थामा ल्याए । जोइलिन्टनलाई डिबक्समा नाथन एकेले लडाएपछि न्यूक्यासलले उक्त पेनाल्टी हान्ने अवसर पाएकाथिए ।

खेलको दोस्रो हाफमा केएल वाल्करले डीबक्स भित्र जोसेप विललकलाई लडाएपछि न्यूक्यासलले पनि पेनाल्टी हान्ने अवसर पायो । खेलको ६२औं मिनेटमा प्राप्त पेनाल्टीमा जोसेप विललकको प्रहारलाई गोलरक्षक स्कट कार्सनले बचाएपनि रिवाउन्डमा विललकले नै गोल गर्दै खेलमा न्यु क्यासललाई ३–२ ले अघि पारेका थिए । तर, न्युक्यासलको त्यो अग्रतापनिलामो समयसम्म टिकेन । उक्तगोल बेहोरेको दुई मिनेटपछि नै फेरान टोरेसले गाब्रियल जेससको पासमाव्यक्तिगत दोस्रो तथा टोलीकालागि तेस्रो गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमाल्याए । त्यस्तै, ६६औंमिनेटमा टोरेसले ह्याट्रिक पूरा गर्दै सिटीको जित ४–३ ले सुनिश्चितबनायो । जितपछि च्याम्पियनबनिसकेको सिटीको ३६ खेलबाट ८३ अंकपुगेको छ । यता, पराजितन्युक्यासलको भने ३९ अंक छ ।

प्रतिक्रिया दिनुहोस्