युरोकप२०२० आयोजना गर्ने तयारी



लन्डन, (एजेन्सी)

कोरोना महामारीकाकारण युरो कप२०२० गतवर्ष स्थगितभएको थियो । यस वर्ष पनि कोरोनाको कहर यथावतनै छ । यसकाबावजुद यस वर्ष युरोकपआयोजना गर्ने तयारी भइसकेको छ । युरोपकाविभिन्न११ शहरमा हुनगइरहेको प्रतियोगितामा२४ टिमको सहभागिताहुनेछ । शुरूआतमाविभिन्न १२ शहरमा आयोजना गर्ने भने पनि कोरोनाका कारण डबलिनमा प्रतियोगिताआयोजनानहुने भएको छ । यहाँहुने खेलहरू सेन्ट पिटर्सबर्ग र वेम्बलीमासारिएको छ ।

आगामीजुन ११ देखि जुलाइ ११सम्मआयोजनाहुने युरोकपमा२४ टिमलाई चार–चार टिम गरी ६ समूहमाराखिएको छ । हरेक समूहकाशीर्ष दुई टिमले अन्तिम १६ मा स्थान सुरक्षित गर्नेछन् । यसबाट १२ टिम छनोट हुनेछन् । बाँकी४ टिम समूहको उत्कृष्ट तेस्रो स्थानहासिल गर्ने आधारमा छनोट हुनेछन् ।कोरोनाका कारण दर्शकको प्रवेश न्यून रहने यूईएफएले जनाएको छ । यूईएफएकाअनुसार २५ प्रतिशतदर्शकलाई रंगशालामाप्रवेश गराइनेछ । समूहमाजुन राष्ट्र हुन्छ त्यो राष्ट्रको आयोजकशहर छ भने त्यही रंगशालामा खेल्न पाउनेछ । इङ्ग्ल्यान्डले लन्डन, रसियाले सेन्ट पिटर्सबर्ग, जर्मनीले म्युनिख र इटालीले रोममा खेल्ने पाउनेछन् ।प्रतियोगिताकाअन्तिम १६ चरणका खेलहरू आमस्टर्डाम, लन्डन, बुडापेस्ट, सेभिया, कोपेनहेग, बुकारेस्ट, ग्लासगोमा हुनेछन् । यस्तै, क्वार्टरफाइनलकाखेलहरू सेन्ट्स पिटर्सबर्ग, म्युनिख, बाकु र रोममाआयोजनाहुनेछन् ।सेमिफाइनलतथाफाइनलका खेलहरू लन्डनस्थित वेम्बली रंगशालामाआयोजनाहुनेछ ।
कहाँकतिखेल र दर्शक हल्यान्डको शहर एमस्टर्डामस्थित योहानक्रुएभ एरेनामातीन वटा समूहका खेल र अन्तिम १६ को एक खेल आयोजनाहुनेछ ।

यहाँको दर्शक क्षमता ५६ हजार संख्याहो । हालको परिस्थितिमाकम्तीमा १२ हजार दर्शकलाई प्रवेश दिने यूईएफएले जनाएको छ । यस्तै अजरबैजानको शहर बाकुस्थित रंगशालामा समूहका ३ खेल र एक क्वार्टरफाइनल खेल आयोजनाहुनेछ । यहाँको दर्शक क्षमता ६९ हजार भएकोमा आधा रंगशालाभर्ने आयोजकले योजनाबनाएको छ ।यसैगरी, रोमानियाको शहर बुकारेस्टस्थित एरेना नेसनलमा समूहका ३ खेल र अन्तिम १६ को एक खेल हुनेछ । यहाँको दर्शक क्षमता ५४ हजार भएकोमा कम्तीमा १३ हजार दर्शकलाई प्रवेश गराउने जनाएको छ । हंगेरीको शहर बुडोपेस्टस्थित पुस्कास एरेना केहीवर्ष अघि नोभेम्बर २०१९ मा उदघाटन गरिएको थियो । यहाँ समूहका ३ खेल र अन्तिम १६ को एक खेल आयोजनाहुनेछ । यहाँको पुरै क्षमता ६८ हजार दर्शकसंख्याको रहेको छ । त्यस्तै डेनमार्कको कोपेनहागेनस्थितपार्कन रंगशालामापनि समूहका ३ खेल र अन्तिम १६ को एक खेल आयोजनाहुनेछ । यहाँको दर्शक क्षमता संख्या ३८ हजार रहेको छ । यसको २५ देखि ३३ प्रतिशतदर्शक राखिने जनाएको छ ।त्यस्तै, स्कटल्यान्डको शहर ग्लासगोस्थित हाम्पडेन पार्कमा पनि समूहका ३ खेल र अन्तिम १६ को एक खेल आयोजनाहुनेछ । यहाँको दर्शक क्षमता ५१ हजारको रहेको छ । यहाँकम्तिमा १२ हजार दर्शक उपस्थितहुने गराउने योजनामा छ । इङ्ग्ल्यान्डको प्रमुखशहर लन्डनस्थित वेम्बली रंगशालाको दर्शक क्षमता ९० हजार रहेको छ । यहाँ २५ प्रतिशतदर्शकलाई प्रवेश गराउनेछ । वेम्बलीमा समूहका ३ खेल, अन्तिम १६ को एक खेल, सेमिफाइनल र फाइनल खेलहरूहुनेछन् ।

 जर्मनीको शहर म्युनिखस्थित रंगशालामा समूहका ३ खेल र एक क्वार्टरफाइनलखेल आयोजनाहुनेछ । यहाँको दर्शक क्षमता७० हजार रहेको छ । जर्मन सरकारले रंगशालामाकम्तीमा १४ हजार दर्शकलाई प्रवेश गराउनअनुमतिदिएको छ । यस्तै, इटालीको शहर रोमस्थित स्टाडियो ओलम्पिकोमा उद्घाटन खेलसँगै समूहका ३ खेल आयोजनाहुनेछ । यहाँ पूरा दर्शक क्षमता ६८ हजारको कम्तीमा २५ प्रतिशतदर्शक संख्या प्रवेश गराउनेछ ।यसैगरी, स्पेनको शहर सेभियास्थित एस्टाडियो ला कार्टुजा रंगशालामा समूहका ३ खेल र अन्तिम १६ को एक खेल आयोजनाहुनेछ । यहाँको दर्शक क्षमता ६० हजार संख्या रहेको छ । सो रंगशालामाकम्तीमा ३० प्रतिशतदर्शक संख्यालाई प्रवेश गराइनेछ । रसियाको शहर सेन्ट पिटर्सबर्गस्थितक्रेजलोभिस्काई रंगशालामासमूहकातीन खेलसहित एक क्वार्टरफाइनल खेल आयोजनाहुनेछ । डब्लिन आयोजक नभएपछि त्यहाँहुनुपर्ने थपतीन समूहका खेल पनियहीआयोजना गरिनेछ । यहाँको दर्शक क्षमता ६१ हजार रहेको छ । तर, यहाँ ५० प्रतिशतदर्शकलाई प्रवेश गराइनेछ ।

युरो कप२०२० समूह चरण
समूह एः इटाली, स्विट्जरल्यान्ड, टर्की, वेल्स
समूहबीः बेल्जियम, रसिया, डेनमार्क, फिनल्यान्ड
समूह सीः युक्रेन, नेदरल्यान्डस्, अस्ट्रिया, नर्थ मेसेडोनिया
समूह डीः इङ्ग्ल्यान्ड, क्रोएसिया, चेक रिपब्लिक, स्कटल्यान्ड
समूह इः स्पेन, पोल्यान्ड, स्विडेन, स्लोभाकिया
समूहएफःजर्मनी, फ्रान्स, पोर्चुगल, हंगेरी

प्रतिक्रिया दिनुहोस्