एनएमबि बैंकमा अनलाइनबाटै केवाईसी



काठमाडौं, नेस

एनएमबि बैंकले नेपालको डिजिटल बैंकिङका निम्ति अनलाइन केवाईसी सेवा अघि सारेको छ । यो सेवाको शुरूआतसँगै एनएमबि बैंकका ग्राहकले केवाईसी विवरण अनलाइन अपडेट गर्न सक्नेछन् ।

ग्राहकले एनएमबि डिजिटल प्लेटफर्महरू ओम्नि च्यानल-सामाजिक सञ्जाल मार्फत अनलाइन नयाँ खाता खोल्ने, खाता खोलिसकेका ग्राहकले पनि सजिलै यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा, अपडेट गर्न सक्दछन् ।

यस नयाँ प्रणालीको साथ, अनलाइन खाता खोल्ने क्रममा ग्राहकले एकपटक आफ्नो व्यक्तिगत पहिचान प्रमाणीकरण गर्न कुनै शाखा रोज्नुपर्नेछ, खाता सक्रिय गर्नका लागि हस्ताक्षर बाहेक कुनै पनि फारम भर्नुपर्ने छैन ।‘एनएमबिले ग्राहकको लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकमा नधाईकनै मुख्य बैंकिङ्ग गतिविधिहरु संचालन गर्न सक्छन ।

हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी बैंकिङ्ग कारोवार सहज बनाउनुको साथै सवै प्रकारको म्यानुअल कामलाईृ निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित र कागजविहीन बैंकिङ प्रदान गर्दछ जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङका सदस्यको नाताले वातावरणमैत्री बैंकिङप्रति प्रतिबद्धता परिपूर्ति गर्नु रहेको छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्