मृत्यु दण्डको घोषणा,आइ सि यु र भेन्टिलेटर भएको अस्पताल लैजानुस अहिले उस्तै भएको छ: सन्दीप केसी



सन्दीप केसी/प्रमुख आधारभूत स्वास्थ्य तथा सरसफाई शाखा

धलिखेल नगरपालिका ।
एउटा न्यायाधीशले कुख्यात अपराधीको फाइलमा क्रुरताको सीमा अध्ययन गर्छ । बचाउन अनेक न्यायका धारा अध्ययन गर्छ । अनि जब बचाउने कुनै आधार भेट्दैन लामो सुस्केराले मृत्यु दण्ड लेख्छ र कलम भाँचेर अब कहिल्यै लेख्न नपरोस् भनेर फाल्छ । अनि भन्छ के खत्तम बिषय पढेछु !!!

एउटा स्वास्थकर्मी परिवारमा जोखिम लिन्छ, आफु जोखिममा बस्छ, बिरामीका स्वास्थ अवस्था बृहत विश्लेषण अनि हर प्रयास पछि जब अन्तिम उपाए भेन्टिलेटर हो भन्ने लाग्छ उ बिचलित हुन्छ … थाहा छ अब कतै आइ सि यु र भेटिलेटर मिल्नेवाला छैन । तर पनि पेशाको धर्म सम्झेर भन्छ अन्यत्र लैजानुस गाह्रो छ । अझै जब अन्तिम प्रयासहरु असफल हुन्छन् एउटा बालकको आमा, एउटा वृद्धको सहारा, अबोध बालक वा देश प्रेमी नागरिकले आँखा अगाडि अन्तिम सास छोडी रहँदा हेर्न सक्दैन र आँखा चिम्लदै भन्छ– ओह गढ बरु मेरो आयुको केही अंश घटाउ तर मेरो लागि अहिले उसलाई बचाउ कम्तिमा म मृत्युको साक्षी बस्न नपरोस् ।मृत्यु दण्डको घोषणा पछिको जीवन र स्वास्थ्यकर्मीले आइ सि यु तथा भेन्टिलेटर भएको अस्पताल लैजानुस भनेको जीवन अहिले उस्तै भएको छ ।

हे राज्यका अगुवाहरु ! हे तहगत सरकार !! अब त ढिला भैसक्यो स्वास्थकर्मी लाई भत्ताका आश्वासनका पोका र बिभेदका धोकाहरु केही चाहिएको छैन । मानिस मर्न नदिन हेल्थ इमर्जेन्सी लागू गर, राज्यको शक्ति प्रयोग गर, महामारीबाट जोगाउ ! बाँच्न र बचाउन देउ, हामी स्वास्थकर्मी संक्रमित भएपनि अन्तिम श्वास रहेसम्म जीवन बचाउन लागिरहने छौँ ।

(सामग्री केसीको फेसबुक वालबाट लिईएको हो ।)

प्रतिक्रिया दिनुहोस्