नेपाल सुपर लिग पहिलो संस्करणको उपाधि काठमाडौँलाई



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं रेजर्सले शनिबार नेपाल सुपर लिग पहिलो संस्करण जितेको छ । दशरथ रंगशालामा भएको फाइनलमा काठमाडौं रेजर्सले धनगढी सिटी एफसीलाई १(० गोलले पराजित गरेकोहो ।काठमाडौं रेजर्सले पहिलो हाफमा नै अग्रता लिएको थियो । विश्वास श्रेष्ठले दिएको पासमा मेसौके ओलुमोउले २१ औं मिनेटमा गोल गरेका थिए ।

जारी लिगमा उनको यो आठौं गोल थियो । च्याम्पियन काठमाडौंले उपाधिसँगै नगद ३५ लाख पक्का गर्दा धनगढीले १५ लाख रुपैयाँ पाउनेछ ।

 

प्रतिक्रिया दिनुहोस्