काठमाडौंमा आज थप ४६ कोरोना संक्रमितको मृत्यु, ३०१२४ सक्रिय संक्रमित



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्र थप ४६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै ललितपुरमा १४ र भक्तपुरमा आठ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । यससँगै उपत्यकाभर जम्मा ६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।काठमाडौं जिल्लामा हाल ३० हजार १२४ जना सक्रिय सङ्क्रमित छन् । ललितपुरमा ७ हजार १०१ र भक्तपुरमा पाँच हजार सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा शनिबार २ हजार ९ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज काठमाडौंमा २ हजार १४६ थपिएका छन्। यस्तै, ललितपुरमा ४४४ र भक्तपुर जिल्लामा ३४७ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यस्तै पछिल्लो २४ घन्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भने थप १८७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्