कोरोना संक्रमणबाट कैलालीमा थप ६ जनाको मृत्यु



न्युज अफ नेपाल, कैलाली ।

धनगढीस्थित सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरुको उपचारको क्रममा मृत्यु भएको अस्पतालले. जनाएको छ । मृत्यु हुनेमा बर्दगोरीया २ कैलालीका ४० बर्षीया पुरुष, गोदावरी १० कैलालीका ५८ बर्षीया महिला, गोदावरी १ कैलालीका ४१ वर्षिया पुरुष, धनगढी ५ कैलालीका ५३ बर्षीया पुरुष, दशरथचन्द ४ बैतडीका ३६ बर्षीया पुरुष र गोदावरी १० कैलालीका ६४ बर्षीया पुरुष रहेको सेती प्रादेशिक अस्पताल स्रोतले जानकारी दिएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ३५ नमुनाको परीक्षण गर्दा ५ सय ५५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

प्रतिक्रिया दिनुहोस्