हास्यकलाकार शिवहरी पौडेललाई कोरोना संक्रमण



चर्चित हास्य कलाकार शिवहरी पौडेललाई कोरोना संक्रमण भएको छ । जिरे खुर्सानी टेलिश्रृंखलामा ‘मुखमा हान्नु जस्तो’ थेगोबाट चर्चामा आएका पौडलमा संक्रमणको लक्षण देखिएसँगै कोरोना परीक्षण गराएका थिए । जसमा उनको रिपोर्ट पोजिटिभ आएको हो । उनी हाल नैकापस्थित एपिअफ अस्पतालमा उपचाररत छन् ।

यसअघि नेपाली मनोरञ्जन क्षेत्रका हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, नायिका वर्षा राउत, निर्देशक ऋषि लामिछाने र उनकी पत्नी सरिता लामिछानेमा पनि संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्