आजबाट सांसदलाई कोरोनाविरुद्ध दोस्रो डोजकाे खोप लगाइँदै



न्युज अफ नेपाल , काठमाडौं ।

कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज सङ्घीय संसद्का पदाधिकारी, सदस्य तथा कर्मचारीलाई आजदेखि लगाइने भएको छ ।

सङ्घीय संसद् सचिवालयले हिउँदे अधिवेशन प्रारम्भअघि कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप लगाउने तालिका बिहीबार सार्वजनिक गरेको हो।पहिलो चरणमा कोभिसिल्ड खोप लगाएको आठ हप्ताको अवधि पूरा गरेका, खोप लगाएपछिको अवधिमा कोरोना संक्रमित भए पनि २८ दिनको समयावधि पूरा गरेका व्यक्तिले दोस्रो डोज खोप लगाउन पाउनेछन्।

सचिवालयका अनुसार आज प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्ष र सङ्घीय संसद्का दुवै सदनका सदस्यहरूको पालो तोकिएको छ। यस्तै शुक्रबार नै सभामुख, अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरूका स्वकीय सचिवालयका कर्मचारीको पनि खोपको पालो तोकिएको छ। यस्तै शनिबार सङ्घीय संसद् सचिवालयका सम्पूर्ण कर्मचारी र सङ्घीय संसद् भवन बानेश्वर (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र)का कर्मचारीलाई खोप लगाइनेछ। यस्तै, आइतबार स्वकीय सचिवलगायतका सबै कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा छुटेका अन्य व्यक्तिलाई खोप लगाइनेछ।

प्रतिक्रिया दिनुहोस्