युभेन्ट्सको सहजजित



लन्डन, (एजेन्सी)

इटालियन सिरी ए लिग फुटबलमा युभेन्ट्सले लिगको ३६औं साताको खेलमा सहजजितनिकालेको छ ।बुधबार रातिभएको खेलमायुभेन्ट्सले आठौं स्थानको सासुओलोलाई उसैको घरेलु मैदानमा ३–१ को गोलअन्तरमा पराजित गरेको हो । यो जितसँगै युभेन्ट्सले सिरी ए को अन्तिम चारमा रहने सम्भावनालाई जीवितै राखेको छ । तर, त्यसकालागिअझै पनियुभेन्ट्स अन्य टोलीकै नतिजामा भर पर्नुपर्छ । अवे मैदानमायुभेन्ट्सलाई जिताउनतीन फरक खेलाडीले गोल गरे । यसै खेलबाट फरवार्डद्वय क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाले युभेन्ट्सका लागि एक सयौं गोलको कोशेढुङ्गासमेत पूरा गरे ।

सासुओलोविरुद्ध शुरूआतबाटै खेलेका दुवै जनाले एक–एक गोल गर्दै क्लबकालागि एक सय गोलको आँकडा पूरा गरेका हुन् । युभेन्ट्सका लागिपहिलो गोल खेलको २८औं मिनेटमा आड्रेन राबिओटले गरेका थिए । उनले फेड्रिको किइजाको पासमागोल गरेका थिए । त्यसपछि,पहिलो हाफको अन्तिम समय ४५औं मिनेटमा रोनाल्डोले राबिओटको पासमागोल गरेर टिमलाई पहिलो हाफमा २–० को अग्रतादिलाए । रोनाल्डोले गरेको उक्तगोल युभेन्ट्सका लागि सबैखाले प्रतियोगिताबाट एक सयौं गोल थियो ।रोनाल्डोले युभेन्ट्सको जर्सीमा एक सय ३१ औं खेलमा एक सय गोल पूरा गरेका हुन् । युभेन्ट्समा अनुबन्धभएको तीनसिजनमा नै उनले गोल संख्याएकसय पु¥याएकाहुन् । यसअघि,युभेन्ट्सका लागिओमार सिभोरी र रोबेर्टो बाजियोले मात्र एक आकँडा पूरा गरेका थिए । दुवैले एकसयगोल पु¥याउनपाँचसिजनकुर्नु परेकोथियो ।

यसबाहेक तीन फरक क्लब र राष्ट्रिय टिमबाट एक सय गोल गर्ने रोनाल्डो पहिलो खेलाडीसमेत बनेका छन् । उनले म्यानचेस्टर युनाइटेड र रियल मेड्रिडबाट पनिएकसयगोलको संख्या पूरा गरेका थिए ।त्यसपछि, दोस्रो हाफमा सासुओलोले पहिलागोल गरेर खेलमाफर्किने संकेत देखाएकाथिए । ५९औं मिनेटमा जियाकोमोले गोल गरेर खेल २–१ को स्थितिमाल्याएकाथिए । तर, ६६औंमिनेटमा पाउलो डिबालाले वान भर्सेस वानमागोल गरेपछि युभेन्ट्सले सहजअग्रताबनायो । डिबालाका लागिपनि यो युभेन्ट्सको जर्सीमा एक सयौं गोल थियो । सो गोलपछि बाँकी समयमाथपगोल भएन र खेल युभेन्ट्सले ३–१ ले जित्यो । यो जितपछि युभेन्ट्सको खातामा ३६ खेलपछि कुल७२ अंकभएको छ ।त्यस्तै, अन्य खेलमाच्याम्पियन इन्टर मिलानले रोमामाथि ३–१ गोल अन्तरको जितनिकाल्दा एसी मिलानले टोरिनोमाथि७–० गोलको फराकिलो अन्तरले जितदर्ता ग¥यो । त्यस्तै, एट्लान्टाले बेनेभन्टो र जेनोआले बोलोग्नामाथिपनि समान २–० गोल अन्तरको जितनिकाल्यो ।

प्रतिक्रिया दिनुहोस्