च्याम्पियन्स लिगको फाइनल पोर्चुगलमा स-यो



लन्डन, (एजेन्सी)

जारी सिजनको युइएफएच्याम्पियन्स लिगको फाइनल टर्कीबाट पोर्चुगलमा सारिएको छ ।युरोपेली फुटबल सर्वोच्च निकाययुइएफएले बेलायत सरकारसँगको परामर्शपश्चात्च्याम्पियन्स लिगको फाइनल खेल पोर्चुगलमा गर्ने निर्णय गरेको हो ।

यसअघि, बेलायत सरकारको चासोमा युइएफएले पूर्व निर्धारित टर्कीको इस्तानबुलबाट खेल सारेर बेलायतको लन्डनस्थित वेम्ब्ले स्टेडियममा फाइनल खेलाउने विषयमा छलफल गरेको थियो । तर, बेलायत सरकारले बढ्दो कोरोना महामारीको प्रकोपका कारण टर्कीमाथियात्राप्रतिबन्ध जारी गर्दै रेड लिस्टमा सूचीकृत गर्दै खेलाडीलाई टर्की पठाउन अस्वीकार गरेपछि पोर्चुगलमा खेलाउन सहमतभएको छ ।

पोर्चुगल बेलायत सरकारले जारी गरेको यात्राप्रतिबन्धको रेड लिस्ट सूचीमा पर्दैन । यूइएफएले ब्रोडकास्टर्स र युइएफएकापदाधिकारीलाई बेलायतप्रवेश गर्दा १० दिनको क्वारेन्टिन अवधि घटाउन गरेको अनुरोध बेलायत सरकारले अस्वीकार गर्दा च्याम्पियन्स लिगको फाइनल खेल पोर्चुगलमा गर्ने दुवै पक्षबीच सहमतिभएको छ ।

यस सिजनको च्याम्पियन्स् लिगमाउपाधिकालागि खेल्ने दुवै क्लब बेलायतका नै छन् । यसपटक फाइलमाम्यान्चेस्टर सिटी र चेल्सी आमने सामने हुँदैछन् । गतसिजनको च्याम्पियन्स लिगको फाइनलपनि टर्कीको इस्तानुबलबाट अन्यत्र सारिएको थियो । सीमितदर्शक राखेर युइएफएले सञ्चालन गर्ने फाइनल खेल मे २९ तारिखमापोर्चुगलमाहुँदैछ ।

प्रतिक्रिया दिनुहोस्