पीएसजी फ्रेन्च कपको फाइनलमा



लन्डन, (एजेन्सी)

पेरिस सेन्ट जर्मेन (पीएसजी)फ्रेन्च कप फुटबलको फाइनलमाप्रवेश गरेको छ । बुधबार रातिभएको सेमिफाइनलमा पीएसजीले लिग प्रतिस्पर्धी क्लब मोन्टेपेलियरलाई सडन डेथमा ६–५ गोलअन्तरले हराउँदै फाइनलमा स्थानपक्का गरेको हो । मोन्टेपेलियरको घरेलु मैदानमाभएको खेलमा पीएसजीका लागि क्लियनएम बाप्पेले दुई गोल गरेका थिए । तर, मोन्टे पेलियरले अन्तिम समयमा गोल गर्दा खेल पेनाल्टी सुट आउटसम्म लम्बिएको थियो । जहाँ पीएसजीले सडन डेथमा नतिजा निकाल्न सफल भयो ।

पीएसजीका लागि खेलको १०औं मिनेटमा एमबाप्पेले पहिलो गोल गरेका थिए । त्यसपछि ४५औं मिनेटमा मोन्टेपे लियरका लागि गाइटेन लोब्रोडेले गोल गरेपछि पहिलो हाफ १–१ मा टुङ्गिएको थियो । त्यसपछि पीएसजीका लागि खेलको ५०औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । तर, मोन्टेपेलियरका लागि खेलको ८३औं मिनेटमा आन्डे डेलोर्टले गोल गरेपछि खेल २–२ को बराबरी भयो ।

त्यसपछि,निर्धारित समय सम्म विजेताको टुंगो नलागेपछि खेललाई सोझै टाईब्रेकरमा लगियो । जहाँ पीएसजीले जित हासिल गर्न सफलभयो । मोन्टेपेलियर र पीएसजी दुवैले शुरू आती पाँच–पाँच वटा पेनाल्टीमा गोल गर्न सफल भएपछि खेल सडन डेथसम्म लम्बियो । जहाँ मोन्टेपेलियरका लागि छैटौं पेनाल्टी जुनियर साम्पिबयाले गोल पोस्ट भन्दा माथिप्रहार गरे । अर्कोतिर,आफ्नो छैटौं पेनाल्टीमा पीएसजीका मोइसे किनले गोल गरेपछि पीएसजीको फाइनल यात्रा सुनिश्चित भयो ।

प्रतिक्रिया दिनुहोस्