नेप्सेमा १० अंकको वृद्धि



काठमाडौं, नेस

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक बढेर बन्द भएको छ । यस दिन नेप्से १० दशमलव १३ अंकले बढेर २६८४ दशमलव शून्य१ बिन्दुमा पुगेको छ ।

कुल २१८ वटा कम्पनीको २ करोड १९ लाख ५५ हजार कित्ता शेयर ७ अर्ब १२ करोड ६८ लाख रुपियाँमा कारोबार भएको छ।यसदिन कारोबारमा आएका दर्जन बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा दिब्यश्वरी हाइड्रोपावर र समता घरेलु लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने विशाल बजार कम्पनीको, रुरु जलविद्युतको, संग्रिला डेभलपमेन्ट बेंकको र प्रोग्रेशिभ फाइनान्सको ९ प्रतिशत भन्दा बढीले शेयर मूल्य बढेको छ। तर, रिद्धि हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी, छ्यांङदी हाइड्रो, सिभिल लघुवित्त र युनाइटेड इदी मर्दीको शेयर मूल्य भने घटेको छ ।

त्यस्तै बिहीबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ४९ करोड ४ लाख रुपियाँको शेयर कारोबार भएको छ भने नेसनल हाइड्रोपावरको २५ करोड ६७ लाख, अरुण कावेली हाइड्रोको २१ करोड ६० लाख, हिमाल दोलखा हाइड्रोको १९ करोड १४ लाख र नेपाल इन्भेष्टमेन्टट बैंकको १८ करोड ३३ लाख रुपियाँको शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्