नामफिर्ता नलिएयुभेन्टस्लाई कार्वाही



मिलान, (एजेन्सी)

युरोपियन सुपर लिगको आयोजना गर्ने पक्षमा रहेका बाँकीतीनक्लबमध्ये एक युभेन्टस्लाई इटालियन सिरी ए बाट चेतावनीआएको छ ।
अप्रिलमा १२ युरोपियनशीर्ष क्लबहरूमिलेर युरोपियन सुपर लिगको ढाँचा तयार पारेका थिए । युरोपियन फुटबलको निकाययूईएफएले सो अभियानविरुद्ध विज्ञप्ति जारी गरेपछि ९ क्लबहरूले नामफिर्ता लिए ।

तर, बार्सिलोना, रियल मेड्रिड र युभेन्टस् भने अझै सोहीलिगको पक्षमा रहेका छन् । यसमध्ये,युभेन्टस्लाई इटालियन सिरी ए बाट निष्कासन गर्ने भन्दै इटालियन फुटबल महासंघले चेतावनीदिएको हो ।इटालियन फुटबल महासंघका अध्यक्ष गेब्रियलग्राभिनाले सो ढाँचा नै नियमविपरीत भएको हुँदाक्लबहरूत्यसतर्फ लाग्ननहुने बताए । ग्राभिनाले यदिनामफिर्ता नलिएमायुभेन्टस्ले अर्को सिजनको प्रतियोगिता खेल्न पाउनेछैन । यसअघि,यूईएफएले समेत नामफिर्ता नलिएमाआगामीदुई वर्ष युरोपकाकुनै पनिप्रतियोगितामा खेल्न नपाउने गरी कार्वाही गर्ने स्पष्ट पारिसकेको छ । त्यसो त यस सिजनमायुभेन्टसले शीर्ष चारबाट बाहिरिएर च्याम्पियन्स लिगको अर्को सिजन खेल्ने अवसर गुमाइसकेको छ ।यता,फिफा, यूईएफए र सम्बन्धित राष्ट्रका संघले भने यस कदमको खुलेर विरोध गर्दै आएका छन् । साथै समर्थक, यूईएफएको दबाबपछि इङ्ग्लिस प्रिमियर लिगका ६ क्लब, इटालियन सिरी ए का २ क्लब र स्पेनीलिगका एक क्लबले नामफिर्ता लिएकाथिए । तीहुन् लिभरपुल, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, चेल्सी, आर्सेनल, टोटनह्याम, एसी मिलान, एटलेटिको मेड्रिड र इन्टरमिलान रहेका छन् ।

रियल मेड्रिड, बार्सिलोना र युभेन्ट्स भने युरोपियन सुपर लिग गर्ने प्रयासमा छन् । यीतीनक्लबले कानुनीरूपमापनिआफूले लिगआयोजना गर्न पाउने र अन्य क्षेत्रबाट अनावश्यकदबाबआएको भन्दै केही दिनअघि त्यसो नगर्न प्रेस विज्ञप्ति जारी गरेका थिए । क्लबहरूले लिगगर्न पाउने आफ्नो अधिकार रहेको जनाएकाथिए । यूईएफएले नामफिर्ता लिएकाक्लबलाई कारवाहीस्वरूप १३ मिलियन पाउन्ड बराबर ग्रासरूट फुटबलमा योगदानदिनुपर्ने जनाएको छ । यसबाहेक प्रत्येक क्लबको ५ प्रतिशतकमाइ काटेर अन्यक्लबलाई वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्