मन्त्री आलेको पहलमा अक्सिजन सिलिन्डर



विमल विष्ट ,काठमाडौं ।

अक्सिजना नभएर कोरोनाका बिरामी आक्रान्त भएका बेला वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमाजिल्ला अस्पताल डोटीका लागि २२ थान अक्सिजन सिलिन्डर पठाइएको छ । जिल्लामा अक्सिजन नहुँदा कोरोना सङ्क्रमणका बिरामीलाई उपचार गर्नमा समस्या भएको गुनासो आएपछि मन्त्री आलेको पहलमा जिल्ला अस्पतालका लागि अक्सिजन भरिएका २२ सिलिन्डर पठाइएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालमा मन्त्री आलेको पहलमा अक्सिजन सिलिन्डर पुगेपछि त्यहाँका नागरिकहरु निकै खुसी हुनुका साथै कोरोना सङ्क्रमितलाई सहज भएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरीटेन्डेन्ट केष्ण जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “अक्सिजन नहुँदा कोरोना सङ्क्रमितको उपचारमा हामीलाई सारै गारो थियो, अब अक्सिजन आएपछि सहज भएको छ, मन्त्री ज्युलाई विषेश धन्नेबाद ।” यसैगरी मन्त्री आलेले आफ्नो व्यक्तिगत सहयोगमा जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गर्ने अक्सिजन ५ वटा कन्सेन्टेचर मेसिन पठाउने बचन दिनु भएको मेडिकल सुपरीटेन्डेन्ट जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्