आमाको समर्पणमा राजा राजेन्द्रको रुवाउने गीत



प्यारोडी र हास्यव्यंग्य प्रस्तुतिमार्फत दर्शक स्रोताको मन जित्दै आएका हास्यकलाकार राजा राजेन्द्र पोखरेलले मातातीर्थ औंसीको अवसर पारेर रुवाउने गीत आमा जननी मेरी माता लिरिकल भिडियोसहित सार्वजनिक गरेका छन्। मातातीर्थ औंसीको अवसरमा सम्पूर्ण आमाहरूलाई समर्पित गर्दैै राजेन्द्रले प्रस्तुत गरेको गीतमा राजेन्द्रकै शब्द, स्वर तथा संगीत रहेको छ। गीतको भिडियोमा एउटी आमाले सन्तान गर्भमा आएदेखि हुकाई बढाई गर्दाका विभिन्न चरणमा सन्तानप्रति निभाएको कर्तव्य र माया ममतालाई पीपलको पातमा कोरिएको कलामार्फत प्रस्तुत गरिएको छ।
आमा जननी मेरी माता,
कसरी म गाऊँ तिम्रो गाथा
हुर्कायौ बनाई आँखाको तारा
कसरी तिरौं दूधको भारा
गीतमा भनिएको छ
तोते तोते मलाई बोल्न सिकायौ
ताते ताते गरेर मलाई हिँड्न सिकायौ
बाँधेर पटुकी खाली पेटमा
कसरी मलाई दूध पिलायौ
सकिन तिम्रा सपना भेट्टाउन
सकिन कि आँखा राख्न ओभाना
न सके मल्हम लगाउन
पटपट फुटेका पैतालामा
आमा जननी मेरी माता।
भिडियोमा प्रस्तुत गरिएको लिफ आर्ट विराज भण्डारीको रहेको छ। दिवस हुमागाईंको लिरिकल भिडियोे निर्माण गरेका हुन् भने सञ्जीव श्रेष्ठले भिडियोेको निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्