प्राइम बैंकमा आगलागी



काठमाडाै , नेस

प्राइम कमर्सियल बैंकको शाखा कार्यालयमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । भरतपुर महानगरपालिका–१० चौबीसकोठीमा रहेको शाखामा सोमबार साँझ आगलागी हुँदा ४० लाख हाराहारीको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट बैंकको १० थान कम्प्युटर, १० थान विभिन्न किसिमका प्रिन्टर, दुई थान फोटोकपी मेसिन, टेलिफोन सेट, पैसा गन्ती गर्ने मेसिन, दुई थान एसिमेसिन, स्टेटमेन्ट प्रिन्टर मेसिन, टोकन मेसिन, स्क्यानर मेसिन, हाजिर गर्ने मेसिन र फेकनट डिटेक्टर मेसिनलगाष्तका सामग्री जलेर नष्ट भएको छ ।

यस्तै सिसीक्यामेरा, काउन्टरमा राखिएको डिस्प्ले, बिजुलीको मिटर, कुर्सी, टेबुल, फाइल ¥याक, स्टोर ¥याक क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट आन्तरिक सजावट, एयरकण्डिशन, वाइरिङलगायत पनि पूर्णरूपमा क्षति भएको छ । नेपाल प्रहरी, नेपाली सेना, भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । विद्युत् चुहावट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्